सहकारी छानबिन संसदीय समितिले एक साताभित्र प्रारम्भिक प्रतिवेदन तयार पार्ने
नेपाल प्रेस
२०८१ भदौ १२ गते १९:२०
काठमाडौं । सहकारी छानबिन संसदीय विशेष समितिले एक साताभित्र प्रारम्भिक प्रतिवेदन तयार पार्ने भएको छ ।
विशेष समितिको कार्यविधिअनुसार विभिन्न सहकारी र कम्पनीको रकम दुरुपयोगमा संलग्नको रूपमा आरोपित व्यक्तिहरूमध्ये ५० जना व्यक्तिसँग गरिएको सोधपुछ गरिएको अहिलेसम्मको छलफल बयानको समीक्षात्मक प्रतिवेदनको मस्यौदा सात दिनमा तयार पार्ने समिति सभापति सूर्य थापाले जानकारी दिए ।
समितिले विभिन्न नियामक निकाय, सरोकारवाला व्यक्ति, संस्थासँग छलफल गरेको थियो । समितिलाई दिइएकाे समय यही भदाै २३ गते सकिँदैछ ।
प्रतिक्रिया
सम्बन्धित खवर