स्वास्थ्य बीमा सेवालाई व्यवस्थित बनाउन लागेका छौं : मन्त्री पौडेल (भिडिओ) – Nepal Press

स्वास्थ्य बीमा सेवालाई व्यवस्थित बनाउन लागेका छौं : मन्त्री पौडेल (भिडिओ)

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बीमा सेवालाई व्यवस्थित गर्ने काम भइरहेको बताएका छन् ।

बुधबार भक्तपुर क्यान्सर अस्पतालमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले अहिले प्राप्त बीमा सेवा व्यवस्थित नरहेकाले मन्त्रालयले त्यसबारेमा आवश्यक पहल लिइरहेको बताए । उनले बीमा रकमको सीमालाई बढाएर पाँच लाख रुपैयाँ पुर्याइने बताए ।

स्वास्थ्य मन्त्रालयले बीमाको सीमालाई बढाएर पाँच लाख रुपैयाँ पुर्याउने घोषणा गरेको बताए । उनले सो घोषणालाई सरकारको नीति बनाउने बताए ।

उनले स्रोत जुटाउनका लागि सरकारले उपलब्ध गराएको स्वास्थ्य सुविधालाई एकीकृत ढंगबाट बीमामा समायोजन गर्नु जरुरी रहेको बताए । उनले संघ, प्रदेश र स्थानीय सरकारले जनतालाई स्वास्थ्य सुविधा उपलब्ध गराउन गरेको खर्च बीमा बोर्डमार्फत एकीकृत प्रणालीबाट गर्नुपर्ने बताए ।

‘मेरो विचारमा हामीले विशिष्टिकृत सेवा सरलीकृत ढंगबाट सस्तोमा प्राप्त गर्ने उपाय भनेको बीमा मात्रै हो । आज हामीले जुन बीमा सेवा प्राप्त गरेका छौँ, त्यो व्यवस्थित छैन । त्यसबाट हामीले आवश्यक पर्ने सबै सुविधा सहज ढंगबाट, बीमाको सीमाबाट प्राप्त गर्न सकिने स्थिति छैन । एक लाख बाट प्राप्त गर्न सकिरहेको स्थिति छैन । त्यसैले बीमाको सिमालाई बढाउने, पाँच लाख पुर्याउने स्वास्थ्य मन्त्रालयले घोषणा गरेको छ । हामी यसलाई सरकारको नीति बनाउन चाहन्छौँ । स्रोत छैन । स्रोत नभएको कारणले एक लाख पनि व्यवस्थित हुन नसकेको यो अवस्थामा पाँच लाख कसरी उपलब्ध हुन सक्छ भनेर हामीलाई प्रश्न गरिरहनु भएको छ’, पौडेलले भने ।

उनले आवश्यकताभन्दा बढी चिनीको मात्रा भएका उत्पादित वस्तुहरुमा चिनी कर लगाएर आउने सम्पूर्ण रकम बीमामा लगाउनुपर्ने बताए । उनले विशिष्टिकृत सेवा सरलीकृत ढंगबाट सस्तोमा प्राप्त गर्ने उपाय भनेको बीमा मात्रै भएको भन्दै बीमालाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिए ।


प्रतिक्रिया

One thought on “स्वास्थ्य बीमा सेवालाई व्यवस्थित बनाउन लागेका छौं : मन्त्री पौडेल (भिडिओ)

  1. विमा व्यबस्थित गराउन आँट्नु भएकाेमा माननीय मन्त्री ज्युलाई हार्दिक धन्यवाद । म र मेरा परिवार पनि विमामा आबद्ध छाै तर विमाकाे सुबिधा लिन असाध्यै झनझट व्यहाेर्न पर्ने देखि यश पालिबाट विमा नविकरण नगर्ने पाे कि जस्ताे लागेकाे छ । फेरि आजका मिति सम्म विमा वनाउने र नबिकरण गर्ने भनेर घर दैलाे सेवा पनि देखिएकाे छैन जवकी अघिल्लाे बर्ष सम्म त विमा नविकरण गर्नु पर्याे भनेर घर/घर सम्म सेवा दिन विमा अभिकर्ताहरु आईसक्नु हुन्थ्याे । यसपाली खाेई किन हाे आज सम्म काेहि देखिनु भएकाे छैन । अनि विरामी परेकाे विरामीलाई पहिला अस्पताल लैजाने कि विमितले ताेकेकाे नजिककाे हेल्थ सेन्टरमा गएर डाक्टरकाे सिफारिस लिने, त्याे हेल्थ सेन्टरमा त्याे राेगीकाे दक्ष डाक्टरकाे अभावले उपचार नहुन पनि सक्छ अनि एउटा ईमरजेन्सी बिरामी बाेकेर कति ठाँउमा दाैडने । तसर्थ विमा गराएका विरामीले विमा सेवा उपलब्धता भएका कुनै पनि अस्पतालमा विमा कार्डका आधारमा तुरुन्तै सेवा दिन/लिन पाउने व्यवस्था गर्नु पर्छ । डाक्टरकाे प्रेस्कृपस्न अनुसारकाे पुरै समयाबधिका लागि दवाई उपलब्ध गराउनु पर्छ । विमाबाट दिने त हाेनी भनेर सस्ताे र कमसल पावर ( सुनिन आएअनुसार सत्य हाे भने ) दवाई वितरण गर्ने परिपाटीमा कानुनी लगाम कसिलाे गरेर लगाउनु पर्छ । अब विमा गर्दा नेपाल भरी कै विमा सेन्टर भनेका विमा वाेर्ड भनेर ताेकिनु पर्छ । सरकारले ताेकेका जुनसुकै स्वास्थ्य संस्था मार्फत दवाई वा डाक्टरी सेवा वा ल्याव सेवा छुट्टाछुट्टै ( कुनै पनि संस्थामा कार्यरत डाक्टरकाे प्रेस्कृप्सन अनुसार कुनैपनी विमा सेवा उपलब्ध गराउने स्वास्थ्य संस्थाबाट उपलब्ध हुन सक्ने/पाउने गरि ) उपलब्ध हुन सक्ने /पाउने व्यबस्था गरिनु पर्छ । हामी अनलाईन प्रणालीमा गईसकेका छाै सुदुर पुर्व वा पश्चिम सबैलाई अनलाईन प्रणालीले जाेडी सकेकाे छ । अत: बिमा पाउछु भनेर एक नागरिक सुदुर पश्चिम वा पुर्व बाट काठमाण्डाै आईपुग्छ , उसलाई विमा ताेकेकाे सेन्टरबाट सिफारिस ल्याउनु पर्छ भन्ने थाहा हुदैन, उ हतारहतारले काठमाण्डाै सरकारी (विमा ताेकेकाे) अस्पताल आईपुग्छ र विमा कार्ड देखाउछ , कर्मचारीले सिफारिस खाेज्दछ , उसलाई के थाहा सिफारिस पनि चाहिन्छ भन्ने कुरा उसलाई त विमा गर्दाकाे फाईदा मात्र थाहा हुन्छ । अब सिफारिस लिन जावाेस कि उपचार गर्न/गराउन तिर लागाेस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर