नेसनल उमन्स लिगमा प्रथम भएको खेलाडीहरूलाई जनही १ लाख दिने कोशीका मुख्यमन्त्रीको घोषणा – Nepal Press

नेसनल उमन्स लिगमा प्रथम भएको खेलाडीहरूलाई जनही १ लाख दिने कोशीका मुख्यमन्त्रीको घोषणा

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एन्फा नेसनल उमन्स लिग प्रतियोगितामा प्रथम भएमा खेलाडीलाई जनही १ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् ।

बुधवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आगामी भदौ १६ गतेदेखि हुने राष्ट्रिय लिगमा भाग लिने महिला फुटबल खेलाडीलाई बिदाइ गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेश विजयी भएमा खेलाडीहरूलाई जनही न्यूनतम १ लाख रुपैयाँका दरले पुरस्कार दिने घोषणा गरेका हुन् ।

उनले खेलाडीहरूलाई हौसला प्रदान गर्नका लागि अन्य थप कार्यक्रम पनि ल्याइने बताए । उनले प्रदेशको खेलकुदलाई बलियो बनाउने गरी नीतिगत र कानुनी व्यवस्था गर्ने तयार भइरहेको जानकारी दिए ।

मुख्यमन्त्री कार्कीले खेलकुदलाई देखाउन र चिनाउने गरी प्रदेशमा काम गर्ने जानकारी दिँदै खेलकुद परिषदलाई बलियो बनाउने बताए ।

उनले भने, ‘हामी सबै हिसाबले प्रदेशमा खेलकुदलाई बलियो बनाउने गरी लागेका छौँ ।’

खेलबाट पनि जीवन चल्ने वातावरण बनाउने गरी काम गर्ने प्रतिबद्धता मुख्यमन्त्री कार्कीले गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर