पहिरोले कर्णाली राजमार्ग अवरुद्ध – Nepal Press

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

सुर्खेत । वर्षाका कारण पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।

बुधवार रातिबाट परेको बर्सातले कर्णाली राजमार्गको कालिकोट खण्डमा पर्ने शुभकालिका-१ गगनेखोला, एस मोड र दही खोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

यस्तै, खाडाचक्र नगरपालिका-२ को जितेगडा र कालेखोमा पनि पहिरो गएको छ ।

पहिरो पन्छाउन केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी नायब उपरीक्षक अर्जुन केसीले बताए । पहिरोले कालिकोट खण्ड पूर्ण रूपमा बन्द हुँदा यात्रुलाई सास्ती भएको छ ।

सुर्खेतबाट गएका यातायातका साधन दहीखोलामै रोकिएको र कालिकोट सदरमुकाम मान्मबाट सुर्खेत आउने यात्रु गगने खोलामा नै अलपत्र परेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर