माओवादीले संसद र सामाजिक संजालबाट चरित्र हत्या अभियान चलाएपछि योगेशले दिए यस्तो जवाफ – Nepal Press

माओवादीले संसद र सामाजिक संजालबाट चरित्र हत्या अभियान चलाएपछि योगेशले दिए यस्तो जवाफ

काठमाडौं । माओवादी केन्द्रबाट संसद र सामाजिक संजालबाट एकैसाथ चरित्रहत्या गर्न थालिएपछि नेकपा एमालेका सचिव योगेश भट्टराईले मिथ्या आरोपको हजार ठाउँमा जवाफ दिन तयार रहेको भन्दै कडा प्रतिवाद गरेका छन् ।

भट्टराईले बुधवार प्रतिनिधि सभामा बोल्ने क्रममा माओवादी हिंसाको कारण जलविद्युतका सब स्टेशन र ट्रान्समिसन लाइनहरु समयमै बन्न नपाएको विषय उठाएपछि माओवादी सांसदहरुले हिंसा शब्द फिर्ता लिन माग गरेका थिए ।

भट्टराईले भने,’ निर्दोष मान्छेको हत्या,अपहरण तथा सम्पत्ति लुटपाट तथा विद्युत स्टेनशनहरुमा बम हान्नु हिंसा नै थियो भन्दै प्रतिवाद गरेका थिए । त्यसपछि माओवादी सांसदहरुले संसदमा र कार्यकर्ताले सामाजिक संजालबाट योगेशलाई हतियार तस्करलगायतको आरोप लगाइरहेका छन् ।

माओवादी कार्यकर्ताले भट्टराईको फोटोमा माल्यार्पण गरेर श्रद्धान्जली दिएको टिकटक तथा फेसबुक पोस्टहरु भाइरल बनाइरहेका छन् भने सांसदले संसदमै हतियार तस्करीको आरोप समेत लगाएका छन् ।

भट्टराईले माओवादीबाट संस्थागत हमला भएपछि प्रतिवाद गर्दै धम्की र मिथ्य आरोपले आफ्नो इमान नडगमगाउने चुनौति दिएका छन् ।

सामाजिक संजालबाटै जवाफ फर्काउँदै भट्टराईले माओवादीलाई रक्तचन्दन,गिटी बालुवा तस्करीदेखि बैंक लुटपाट,सुन तस्करीजस्ता कुकर्मको एक ठाउँमा मात्रै जवाफ दिन चुनौति दिएका छन् ।
यस्तो छ भट्टराईको जवाफ


प्रतिक्रिया

One thought on “माओवादीले संसद र सामाजिक संजालबाट चरित्र हत्या अभियान चलाएपछि योगेशले दिए यस्तो जवाफ

  1. बौद्वको प्रमाणित मुर्तिचोरले भनेको के पत्याउनुहुन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर