अमेरिकाको कोलोराडो अपार्टमेन्टमा हतियारधारी ग्याङ छिरेको भिडिओ भाइरल
काठमाडौं । अमेरिकाको कोलोराडोको एक अपार्टमेन्टमा हतियारधारी ग्याङ समुह प्रवेश गरेको छ । उनीहरुको प्रवेशको भिडिओ अहिले अमेरिकी समाजिक संजालमा भाइरल भइरहेको छ । भेनेजुएलाको अपराधिक ग्याङ त्रेन दे आरागुआ अपार्टमेन्टमा प्रवेश गरेको पाइएको छ ।
यो अपराधिक ग्याङका पाँच हजार सदस्य भएको बताइन्छ । कोलोराडोको अपार्टमेन्टमा छिमेरा समुहका सदस्यहरु अमेरिका गैरकानूनी रुपमा प्रवेश गरेकाहरु भएको फक्स न्यूजले उल्लेख गरेको छ ।
अमेरिकी अखबार दि न्यू योर्क पोस्टका अनुसरा यो ग्याङ अमेरिकाका १०० भन्दा धेरै अपराधिक गतिविधिमा सक्रिय भएको पाइएको छ ।
कोलोराडोमा बढेको असुरक्षाकोबारेमा एक स्थानीयले फक्स न्यूजसँग भनेका छन्, ‘यहाँ कुनै सुरक्षाको प्रत्याभूति छैन किनभने प्रहरी आउँदैन । उनीहरुले ढोका थुनेर बस भन्छन् । तर मैले काम गर्नुपर्छ । मैले त भाडा तिर्नुपर्छ ।’
“फक्स न्यूज” भनेको RACIST डोनाल्ड ट्रंप को पुच्छर हो, “दि न्यू योर्क पोस्ट” पनि तेही संस्था को मालिक Rupert Murdoch को प्रोपोगान्डा मशिन हो। उनीहरुको उदेश्य आप्रबासी प्रति नकारात्मक धारणा ल्याउने, सामाजिक सद्भाव खल्बल्याएर आउँदो निर्बाचनमा बलात्कारी तथा अमेरिकी संसद आक्रमण का खलनायक डोनाल्ड ट्रंप लै जिताउने मनासाये रहेको प्रष्ट हुन्छ।