एमाले महासचिवको प्रश्न- माओवादीले चैँ संविधानले नस्वीकारेको भाषा बोल्न मिल्छ र ? – Nepal Press

एमाले महासचिवको प्रश्न- माओवादीले चैँ संविधानले नस्वीकारेको भाषा बोल्न मिल्छ र ?

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रले संविधान नस्वीकारेको भाषा बोल्न मिल्छ भन्दै प्रश्न गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो प्रश्न गरेका हुन् । पोखरेलले संविधानले जनयुद्ध नचिन्ने तर माओवादीले जनयुद्ध भनिरहेको बताए । एमाले र कांग्रेसलाई संविधानको भाषा बोलेन भनेर विरोध गर्ने माओवादीले चैं संविधान नस्वीकारेको भाषा बोल्न मिल्छ र ? भन्दै उनले प्रश्न गरेका छन् ।

‘अहिले माओवादीका मित्रहरु माओवादी आन्दोलनलाई हिंसात्मक आन्दोलन भनेकोमा उत्तेजित भएको देखिन्छ’, उनले उल्लेख गरेका छन्, ‘तर संविधानले जनयुद्ध चिन्दैन माओवादी सांसदहरु जनयुद्ध भनिरहेकै सुनिन्छ । एमाले र कांग्रेसलाई संविधानको भाषा बोलेन भनेर विरोध गर्नेले माओवादीले चै संविधानले नस्वीकारेको भाषा बोल्न मिल्छ र ?’

हाल संसदमा चलिरहेको तिक्ततापूर्ण बहसको सर्जक नै माओवादी अध्यष पुष्पकमल दाहाल प्रचण्ड भएको आरोप लगाउँदै पोखरेलले लेखेका छन्, ‘नयाँ सरकार गठन भएको सय दिन नपुग्दै प्रधानमन्त्री र नयाँ समिकरणका विरुद्धमा उनले दिएको अराजनीतिक र असंसदीय अभिव्यक्ति नै आजको द्वन्द्वको कारण हो । प्रचण्डको गलत र कुन्ठाग्रस्त अभिव्यक्तिको प्रतिवाद सत्तापक्षवाट हुनु स्वभाविक नै हो । त्यसवाट माओवादीका मित्रहरु धेरै उद्वेलित हुनु पर्दैन ।’

यस्ताे छ पाेखरेलकाे स्टाटस:


प्रतिक्रिया

One thought on “एमाले महासचिवको प्रश्न- माओवादीले चैँ संविधानले नस्वीकारेको भाषा बोल्न मिल्छ र ?

  1. सुन तस्करी छुट्यो, प्राधिकरणबाट माल आउन बन्द हुने भो, नियुक्ति बेच्न बन्द हुने भो, जादुमयी नम्बर ३२ भन्न अब लाज हुने भो । के के नसोचेको हुने भो । अनि त रन्थनियर सरकारको १०० दिन पुग्यो कि पुगेन ख्याल नै भएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर