राष्ट्रपति पौडेल हरेक महिनामा एक दिन सार्वजनिक स्थलमा पुग्ने, आज भक्तपुर दरवार स्क्वायर जाने
नेपाल प्रेस
२०८१ भदौ १४ गते ९:१४
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल हरेक महिनामा एक दिन सार्वजनिक स्थलमा पुग्ने सार्वजानिक स्थलमा राष्ट्रपति भन्ने कार्यक्रम तय भएको छ ।
जस अनुसार राष्ट्रपति पौडेल हरेक महिनामा एकदिन सार्वजानिक स्थलमा जानेछन् ।
सार्वजानिक स्थलमा उनले आम नागरिसँग संवाद गर्ने स्थानीयहरूको गुनासो सुन्नेछन् ।
उनी पहिरो पटक शुक्रवार भक्तपुर दरवार स्क्वायर जाने तय भएको छ । पहिलो कार्यक्रम नै भक्तपुरबाट शुरु हुन लागेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
राष्ट्रपति पौडेल आज बिहान साढे ११ बजे भक्तपुर दरवार क्षेत्रमा जाने कार्यक्रम तय भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर