राष्ट्रपतिको सवारी भन्दै भक्तपुर दरवार स्क्वायरबाट हटाइयो सर्वसाधरणलाई – Nepal Press

राष्ट्रपतिको सवारी भन्दै भक्तपुर दरवार स्क्वायरबाट हटाइयो सर्वसाधरणलाई

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको सवारी भन्दै भक्तपुर दरवार स्क्वायरमा बसेका सर्वसाधरणलाई प्रहरीले हटाएको छ ।

राष्ट्रपति पौडेलले भक्तपुर दरवार स्क्वायरको अवलोकन गर्ने भएपछि प्रहरीले त्यहाँ बसेका सर्वसाधरणलाई हटाएको हो ।

राष्ट्रपति पौडेलको महिनामा एकदिन ‘सार्वजनिकस्थलमा राष्ट्रपति’भन्ने कार्यक्रम अन्तरगत सार्वजनिकस्थलमा जाने कार्यक्रम तय भएको थियो । सोही कार्यक्रम अन्तरगत राष्ट्रपति पौडेल पहिलो पटक आज भक्तपुर दरवार स्क्वायर पुगेका थिए ।

उनले ऐतिहासिक दरवारस्क्वायरको अवलोकन गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *