जनार्दनलाई छेउमा राखेर प्रचण्डले भने- अब देश दुनियाँमा माओवादी अध्यक्षभन्दा प्रचण्ड ठूलाे भइसक्याे (भिडिओ) – Nepal Press

जनार्दनलाई छेउमा राखेर प्रचण्डले भने- अब देश दुनियाँमा माओवादी अध्यक्षभन्दा प्रचण्ड ठूलाे भइसक्याे (भिडिओ)

एमालेलाई भने- माओवादी जनयुद्धलाई अपमानित हुने शब्द नबाेल्दा राम्राे

सुर्खेत । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो सरकार किन फेरियो भनेर नेपालमा आफूले जति कसैले नबुझेको बताएका छन् ।

शुक्रबार प्रशिक्षण कार्यक्रममा सहभागी हुन सुर्खेत आएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सय दिन हनिमुनको दिन भनियतापनि यिनै दिनमा थुप्रै ज्याजती र गलत काम भएको बताएका हुन् ।

गलत काम भए हामी छोड्दैनौ भन्ने हाम्रो भाषा हो । त्यो विद्रोहको भाषा भनिदैन उनले भने, ‘बेथिति र भ्रष्टाचारीलाई जोगाउनकै लागि सरकार परिवर्तन भएको हो । गलत कार्य गर्नेलाई माओवादी केन्द्रले छोड्दैन । जरुरी परे सडकमा पनि जान्छौं ।’

सरकारबाट बाहिरिएपछि आफू पार्टीलाई मजबुत बनाउन लागि परेको अध्यक्ष प्रचण्डले बताए ।

साथै, अध्यक्ष प्रचण्डले नेतृत्व हस्तान्तरण उपयुक्त नरहेको बताएका छन् । ‘म झण्डै ७० वर्ष कट्दै छु, सधैँ नेतृत्व गरिरहने रुचि छैन्’ उनले भने, ‘अब त मलाई अध्यक्ष भन्ने पद त्यति ठुलो लाग्दैन । देश दुनियाँमा अध्यक्ष भन्दा प्रचण्ड माथि भइसक्यो । एउटा राम्रो टिम बनेपछि म अर्का भूमिकामा जाने सोचिरहेको छु।’

पार्टी फुट्ने भन्ने चर्चा गलत भएको उनले बताए । उक्त विषय गलत प्रचार गर्न नियोजित रूपमा भ्रम सिर्जना गरेको धारणा व्यक्त गरे ।

एमाले सांसद्हरुले सदनमै ‘हिंसा’ शब्द प्रयोग गरेको उपयुक्त नभएको बताए । संविधानमा नै माओवादी जनयुद्ध शब्द प्रयोग गरिएको भएको अध्यक्ष प्रचण्डले जिकिर गरे । अपमानित हुने किसिमले माओवादी केन्द्रलाई ऐतिहासिक भूमिका र महत्त्वलाई नबोल्दा राम्रो हुने जानकारी दिए ।


प्रतिक्रिया

One thought on “जनार्दनलाई छेउमा राखेर प्रचण्डले भने- अब देश दुनियाँमा माओवादी अध्यक्षभन्दा प्रचण्ड ठूलाे भइसक्याे (भिडिओ)

  1. कुन संविधानमा? नेपालको संविधानको कुरा गर्‍या हो भने त्यसमा ‘सशस्त्र संघर्ष’ भन्ने शब्दावली छ। ‘माओवादी जनयुद्ध’को प्रयोग कतैपनि भएको छैन।अरु नै देशको संविधानमा हो भने अर्कै कुरा।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर