इन्जिनियर्स एशोसियसनको आसन्न निर्वाचन र इन्जिनियरिङ्ग क्षेत्रका प्रमुख एजेण्डा – Nepal Press

इन्जिनियर्स एशोसियसनको आसन्न निर्वाचन र इन्जिनियरिङ्ग क्षेत्रका प्रमुख एजेण्डा

इञ्जिनियरहरुको छाता संगठनको रूपमा रहेको “नेपाल इञ्जिनियर्स एसोसियसन” को ३४ औं केन्द्रीय कार्यकारिणी समिति तथा तेस्रो प्रादेशिक समितिको चुनाव नजिकिंदो छ । सन् १९६२ मा स्थापना भएको यस एसोसियसनले स्थापनाकालदेखि नै इञ्जिनियरहरूको हकहित र अधिकारको विषयमा आवाज उठाउँदै आएको छ ।

चुनावी मैदानमा विभिन्न प्यानल छन् । तीमध्ये प्रगतिशील समूह एक हो । चुनावको लागि देश व्यापी प्रचार अभियान सञ्चालन भइरहेको छ । आउँदो मिति २०८१ भाद्र २८ गते सम्पन्न हुन लागिरहेको निर्वाचनमा प्रगतिशील समूहले केन्द्रीय कार्यकारिणी समिति र सातै प्रदेशका प्रादेशिक समितिमा चुनावी प्रतिस्पर्धा गर्दैछ । प्रगतिशील समूहको टीम संयोजन, अनुभव, योग्यता, क्षमता, ऊर्जा तथा इञ्जिनियरिङ्ग क्षेत्रमा गरेको योगदान नै जितका सशक्त आधारहरु रहेको अनुमान रहेको छ ।

नेपाल इञ्जिनियरिङ्ग काउन्सिल ऐन, २०५५ बमोजिम स्थापित संस्था नेपाल इञ्जिनियरिङ्ग काउन्सिलको तथ्यांक अनुसार हालसम्म इन्जिनियरिङ्गका कूल ५५ विधामध्ये विभिन्न ४४ विधाका झण्डै ८५,००० इञ्जिनियरहरु काउन्सिलमा दर्ता भइसकेका छन् । हालसम्म काउन्सिलमा आबद्ध भएका कूल ५५ वटा इञ्जिनियरिङ्ग कलेजहरुमा वार्षिक भर्ना क्षमता (Annual Enrollment Capacity) १२,००० जति रहेको छ भने वार्षिक ४,००० भन्दा बढी इञ्जिनियरहरु उत्पादन भइरहेका छन् । नेपालमा इञ्जिनियरहरुको छाता संगठनको रुपमा “नेपाल इञ्जिनियर्स एशोसियसन” (ने.इ.ए.) रहेको छ ।

दक्ष र कर्मशील इन्‍जिनियरहरुको संख्या वृद्धि हुँदै गइरहेको आजको प्रतिष्पर्धात्मक युगमा संस्थामा आबद्ध इन्जिनियर/आर्किटेक्टहरुको संख्या निरन्तर वृद्धि गरी एशोसियसनलाई बलियो बनाउनुपर्ने आम इन्जिनियरिङ्ग समुदायको मान्यता रहेको छ । त्यस्तो रुपान्तरणकारी भूमिका खेल्नका लागि एशोसियनका अनुभव र अठोट तथा पौरख र प्रतिबद्धता भएको नेतृत्वको आवश्यकता अपरिहार्य रहेको छ ।

“ज्ञान नै शक्ति, श्रम नै भक्ति” भन्ने मूल नाराका साथ नेपालको सर्वाङ्गीण विकासको क्रममा देशका इन्जिनियर समुदायको भूमिका सुव्यवस्थित र प्रभावकारी बनाउनको साथै समुदायको पेशागत हित र समुन्नतिका लागि संगठित तवरले सामुहिक रुपमा काम गर्न मुनाफारहित एवं गैर राजनैतिक सार्वजनिक प्रकृतिको गैर सरकारी सामाजिक संस्थाको स्थापना गर्ने उद्देश्यले सन् १९६२ (वि.सं. २०१९) मा स्थापना भएको यस एशोसियसनले स्थापनाकालदेखि नै इञ्जिनियरहरुको हकहितको विषयमा आवाज उठाउँदै आएको छ । एशोसियसनमा हाल ४० हजार भन्दा बढी इञ्जिनियरहरु आबद्ध छन् ।

देशको विकास निर्माणमा योगदान पुर्‍याउने महत्वपूर्ण जनशक्ति मानिने इञ्जिनियरिङ्ग क्षेत्रको समाजमा उच्च पेशागत प्रतिष्ठा कायम रहँदै आएको छ । “नेपाल इन्जिनियर्स एशोसिएसनप्रतिको आकर्षणमा वृद्धि गर्दै यसको प्रतिष्ठा र मर्यादालाई कायम गरी नयाँ उचाई प्रदान गर्ने एवं प्राज्ञिक, समावेशी तथा समानुपातिक सहितको सशक्त पेशागत सस्थांको रुपमा स्थापित गरी सम्पूर्ण इन्जिनियर/आर्किटेक्टहरुको अभिभावकीय संगठनको रुपमा विकास गर्नु आवश्यक रहेको छ । नेपालको सार्वजनिक प्रशासनमा प्राविधिक प्रशासनको अवधारणा सैद्धान्तिक रुपमा रहेको पाइए तापनि कार्यान्वयन भएको आभास हुन सकेको छैन । देशको शिक्षा, स्वास्थ्य, न्याय जस्ता क्षेत्रहरुमा छुट्टै ऐनको व्यवस्था भए तापनि इञ्जिनियरिङ्ग क्षेत्रको छुट्टै ऐन हालसम्म नभएको अवस्था छ ।

विकास निर्माणका प्रमुख क्रियाकलापहरुमा आयोजनाको आवश्यकता निर्धारण, आयोजना स्थल छनौट, आयोजनाको जग्गा प्राप्ति, वातावरणीय मूल्यांकन, आयोजना कार्यान्वयन आदि रहेका हुन्छन् । विकास निर्माणका कार्यहरु कार्यान्वयन गर्दा, सम्बन्धित सरोकारवाला निकायहरुबाट पुरा गर्नुपर्ने दायित्व समयमै पूरा नहुनु, समयमै बजेट उपलब्ध नहुनु, आवश्यक समन्वय तथा सहकार्य नहुनु जस्ता कारणहरुले कार्यान्वयनमा ढिलासुस्ती हुने गर्दछ । तर यसको सिंगो जवाफदेहिता इञ्जिनियरिङ्ग समुदायले व्यहोर्नुपर्ने अवस्था छ । इञ्जिनियरिङ्ग समुदायले भोग्नुपरेका यी र यस्तै समस्या तथा चुनौतीहरुको सम्बन्धमा सशक्त आवाज उठाउने महत्वपूर्ण निकाय “नेपाल इञ्जिनियर्स एशोसियसन” नै हो ।

नेपाल इन्‍जिनियरिङ परिषदमा दर्ता हुने इन्‍जिनियरहरुको संख्या र नेपाल इन्‍जिनियर्स एशोसिएसनमा दर्ता हुने इन्‍जिनियरहरुको संख्यामा ठूलो अन्तर रहेको मात्र होइन ने.इ.ए. मा आकर्षण वृद्धि गराउन नसकिएको कारण त्यो अन्तर वर्षैपिच्छे बढेर गइरहेको तथ्य चिन्ताको विषय रहेको छ। दक्ष र कर्मशील इन्‍जिनियरहरुको संख्या वृद्धि हुँदै गइरहेको आजको प्रतिष्पर्धात्मक युगमा संस्थामा आबद्ध इन्जिनियर/आर्किटेक्टहरुको संख्या निरन्तर वृद्धि गरी एशोसियसनलाई बलियो बनाउनुपर्ने आम इन्जिनियरिङ्ग समुदायको मान्यता रहेको छ । त्यस्तो रुपान्तरणकारी भूमिका खेल्नका लागि एशोसियनका अनुभव र अठोट तथा पौरख र प्रतिबद्धता भएको नेतृत्वको आवश्यकता अपरिहार्य रहेको छ ।

प्रगतिशील समूहको टीम संयोजन, अनुभव, योग्यता, क्षमता, ऊर्जा तथा इञ्जिनियरिङ्ग क्षेत्रमा गरेको योगदान नै जितका सशक्त आधारहरु रहेको अनुमान रहेको छ ।

तसर्थ आगामी भाद्र २८ गते नेपाल ईन्जिनियर्स एशोसियसनको निर्वाचन हुन गईरहेको सन्दर्भमा (१) आम इन्जिनियर/आर्किटेक्टहरुको हकहित संरक्षण र सेवा/सुविधा प्रवर्द्धन (२) रोजगार तथा पेशागत क्षमता अभिवृद्धि  (३) इञ्जिनियरिङ्ग शिक्षा नेपालमै (४) नीतिगत सुधारमा जोड (५)  ने.इ.ए.को सदस्यता वृद्धि र यसको गुणस्तरीयता अभिवृद्धि (६) सहकार्य एवम् समन्वय  (७) संस्थागत सुदृढीकरण तथा अन्तर्राष्ट्रिय सम्बन्ध र (८) सम्मान तथा उत्प्रेरणा सम्पूर्ण प्रगतिशील तथा पेशागत इन्जिनियरिङ्ग समुदायको साझा मुद्दा रहेको छ ।

नेपाल इन्‍जिनियर्स एशोसिएसनप्रतिको आकर्षणलाई वृद्धि गर्दै यसको प्रतिष्ठा र मर्यादालाई कायम गरी नयाँ उचाई प्रदान गर्न गर्नुपर्ने आम इन्जिनियरहरुको चाहनालाई ध्यानमा राख्दै उल्लेखित ८ वटा क्षेत्रसँग सम्बन्धित ३४ वटा प्रतिबद्धताहरु सहित प्रगतिशील समूहले उम्मेदवारी दिएको छ । एशोसियसनको विधान बमोजिम केन्द्रमा १८ जना र प्रत्येक प्रदेशमा १६ जनाका दरले (जसमा एकजना केन्द्रीय समिति सदस्य समेत समावेश छन्) ७ वटै प्रदेशका लागि ११२ गरी कुल १३० पदाधिकारी एवं सदस्य निर्वाचित हुने व्यवस्था रहेको छ ।प्रगतिशील समूह तपसिल बमोजिमका ३४ बुँदे प्रतिबद्धताहरु सहित चुनावी अभियानमा रहेको छ :

आम इन्जिनियर/आर्किटेक्टहरुको हकहिसंरक्षण र सेवा/सुविधा प्रवर्द्धन

  • आफ्नो कार्य क्षेत्रमा जहाँकहीँ पनि सेवामा रहेको बेला इन्जिनियर/आर्किटेक्ट प्रति दुर्व्यवहार गर्ने, मान मर्दन गर्ने वा सांघातिक हमला गर्ने जस्तो आपत्तिजनक कार्य गरेको पाइएमा त्यसप्रति प्रशासनिक एवम् कानुनी रुपमा सशक्त प्रतिवाद गरी हकहितको रक्षा गरिने छ।
  • हाल प्रदेश तथा स्थानीय निकायहरुमा इन्जिनियरहरुका लागि कामका नयाँ अवसरहरु खुलेकोमा स्वागत गर्दछौँ। तर एउटै स्नातक तहको इन्जिनियरिङ/आर्किटेक्ट डिग्री हासिल गरेका इन्जिनियर/ आर्किटेक्टहरुलाई कतै सातौँ र कतै छैठौँ तहमा प्रवेश गराईएको पाइएकोले यस्तो विभेदपूर्ण नीति र प्रक्रियाप्रति हाम्रो घोर असहमति छ र सबै निकायहरुमा कम्तीमा सातौं तहलाई नै प्रवेश तह बनाउनु पर्नेमा प्रष्टताका साथ सशक्त पहल गरिने छ।
  • प्रदेश तथा स्थानीय तहमा सञ्चालित प्राविधिक विद्यालयहरुमा कार्यरत शिक्षकहरुको दरबन्दी अस्थायी वा करारमा रहेको हुँदा सो विद्यालयहरु स्थायी प्रकृतिको रहेको आधारमा निजहरुको दरबन्दी र नियुक्तिलाई स्थायी बनाउनेतर्फ पहल गरिने छ।
  • नेपाल इन्जिनियर्स एशोसिएसनको ६२औँ इन्जिनियर दिवसमा स्वयम् सम्माननीय प्रधानमन्त्रीज्यूबाट नै इन्जिनियरहरुले विशेषगरी गैरसरकारी एवम् निजी क्षेत्रहरुमा पाइरहेको पारिश्रमिकबारे गर्नुभएको अभिव्यक्तिलाई स्मरण गर्दै कम्तीमा विद्यमान कानूनले तोकेको तलबमानमा नघट्ने गरी पारिश्रमिक एवम् सेवा सुबिधा उपलव्ध गराउन प्रभावकारी पहल गरिने छ।
  • हाल विद्यमान रहेको ने.इ.ए. सदस्यहरुको बीमाको पोलिसीलाई निरन्तरता दिइने र अझ व्यापक रुपमा यसको क्षेत्र विस्तार गरिने छ।इन्जिनियरिङ्ग पेशाप्रतिको आकर्षण तथा आम इन्जिनियर/आर्किटेक्टको सामाजिक प्रतिष्ठामा वृद्धि गराई दुर्गम क्षेत्रमा कार्यरत इन्जिनियर/आर्किटेक्टले भोग्नु परेका कठिनाइको बिषयमा आवाज बुलन्द गर्दै विभिन्न किसिमका सेवा सुविधामा कर छुटको लागि पहल गरिने छ।दीर्घ रोगबाट पिडित इन्जिनियर/आर्किटेक्टको उपचारमा सघाउ पुर्‍याउनको लागि “दीर्घ रोग उपचार सहयोग कोष”को व्यवस्था गरिनेछ ।
  • इन्जिनियरहरुलाई रोजगारीको अवसरसंग जोड्न उनीहरुको विषयगत क्षेत्र, विज्ञता र अनुभव वर्षको आधारमा एउटा रोष्टर बनाई Job Opportunity Window खडा गरी उद्योग, आयोजना तथा अनुसन्धानतिर जोड्न ठोस पहल गरिने छ।

 रोजगार तथा पेशागत क्षमता अभिवृद्धि

  • यस प्रगतिशील समूहको नेतृत्व रहँदा २९औँ कार्यकारी परिषद्ले इन्जिनियरिङ्ग स्टाफ कलेज (Engineering Staff College) को अवधारणालाई मूर्त रुप दिने उद्देश्यले इतिहासमा पहिलो पटक सम्भाव्यता अध्ययन गराइएकोमा सो बारे हालसम्म गफ धेरै गरिएको तर ठोस रुपमा कुनै कार्य अगाडि बढाएको नदेखिएकोले आगामी २ वर्षभित्र त्यसलाई तार्किक निस्कर्षमा पुर्याउने गरी प्रभावकारी पहल र ठोस कार्य गरिने छ।
  • प्रमुख कार्यकारी ईन्जिनियर नाराका साथ अधिकतम इन्जिनियर कार्यरत रहने नेपाल सरकारका प्राविधिक संस्थाहरु नेपाल टेलिकम, नेपाल बिधुत प्राधिकरण लगायत अन्य संस्थानहरुमा समेत प्रमुख कार्यकारी पदहरुमा इन्जिनियरनै प्रमुख रहने नीतिगत व्यवस्थाको लागि जोडदार पहल गरिनेछ। राज्यको राष्ट्रिय योजना आयोग, नीति प्रतिष्ठान, प्राविधिक विषयगत मन्त्रालयहरु, प्राविधिक विषयगत आयोग, समितिजस्ता निकायहरुमा तत्-तत् निकायहरुको प्रभावकारी परिणामका लागि लव्ध प्रतिष्ठित अनुभवी इन्जिनियर/ आर्किटेक्टहरुको नेतृत्वको अवसर स्थापित गरी सुनिश्चित गर्न अभियान चालिने छ।
  • स्वदेश तथा विदेशमा आफ्नो पेशा एवं व्यवसायमा अनुभव हासिल गरी सो अनुभवलाई नेपालमा लगाउँछु भनी सम्पर्कमा आउनुहुने अनुभवी इन्जिनियर/ आर्किटेक्टहरुलाई विषयगत क्षेत्रमा सो आर्थिक-मानव पूँजी लगानी गर्न र नेतृत्व लिन देशको आर्थिक समाजिक रुपान्तरणका लागि आवश्यक सम्पर्क, समन्वय र वातावरण तयार गर्न विशेष पहल गरिने छ।
  • राष्ट्र निर्माणका लागि विज्ञान, प्रविधि र अनुसन्धानले मुख्य भूमिका खेल्ने हाम्रो ठम्याई रहेको छ र आधुनिक प्रविधि हस्तान्तरण गरी स्वदेशमा स्थापना गर्ने कार्यहरुलाई प्राथमिकताका साथ समर्थन र सहयोग पुर्‍याइने छ।
  • भर्खर स्नातक हुन सफल युवा इन्जिनियर/आर्किटेक्टहरुलाई कामको समान अवसर दिलाउन सर्वप्रथम ने.इ.ए. सँगको आबद्धतामा विकास गरिने छ र विभिन्न आयोजना, उद्योग तथा सेवाजन्य कम्पनीहरुसंग सम्बन्ध स्थापित गर्न संयोजनको भूमिका खेलिने छ।

 ‘इञ्जिनियरिङ्ग शिक्षा नेपालमै

  • अहिले शिक्षित अशिक्षित युवाहरु वैदेशिक रोजगारीका लागि विदेश गएजस्तै उच्च इन्जिनियरिङ्ग शिक्षा हासिल गर्न समेत दश जोड दुई पढेका विद्यार्थीहरु ठूलो संख्यामा वैदेशिक कलेजहरुमा जान लागेको र त्यसबाट स्वदेशको इन्जिनियरिङ्ग शिक्षाको क्षेत्रमा देखिएको चुनौतिलाई समाधान गर्न पहल गरिनेछ ।
  • यस विषयमा देशका इन्जिनियरिङ्ग कलेजका संस्थापकहरु, क्याम्पस प्रमुखहरु तथा अध्ययनरत विद्यार्थीहरु समेतसंग अन्तर्क्रिया गरी चुनौति र समस्या समाधानको एकीकृत उपाय निकालिने छ र इन्जिनियरिङ्ग शिक्षा नेपालमै प्रत्याभूत गर्न हदैसम्मको पहल गरिने छ।
  • निजी क्षेत्रका इन्जिनियरिङ्ग कलेजमा अध्यापनरत प्राध्यापकहरु तथा संस्थाले भोग्नु परेका समस्यहरु समेत छलफल गरी विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने गरी ‘सिक्ने/सिकाउने आदर्श वातावरण सिर्जना गर्न सहयोग गरिने छ।
  • देशको भौतिक पूर्वाधारहरुको दिगोपना योग्य इन्जिनियरमा, योग्य इन्जिनियर उत्पादन गुणस्तरीय इन्जिनियरिङ्ग शिक्षामा र गुणस्तरीय इन्जिनियरिङ्ग शिक्षा समर्पित शिक्षक/ प्राध्यापक जो स्वयम् पनि इन्जिनियर नै हुने हुँदा देशको भविष्य निर्माणमा खेलवाड नहोस् भनी गुणस्तरीय इन्जिनियरिङ्ग शिक्षा प्रदान गर्नका लागि इन्जिनियरिङ्ग कलेजहरुसंग साझेदारीको कार्यक्रम सञ्चालनमा ल्याउने छ।
  • एउटा छुट्टै इन्जिनियरिङ्ग विश्वविद्यालय स्थापनाको अवधारणालाई छलफलका लागि अगाडि बढाइने छ।
  • सरकारी इन्जिनियरिङ्ग कलेजहरुमा तथा निजी क्षेत्रका कलेजहरुमा अध्यापनरत प्राध्यापकहरुको Knowledge delivery लाई समयानुकूल Update Upgrade गर्ने व्यवस्था के-कस्तो छ हेरी निजहरुको वृत्ति विकास र समान सेवा सुविधाको सम्भावनालाई सुनिश्चित गरिने छ।

नीतिगत सुधारमा जोड

  • नेपाल इन्जिनियरिङ्ग परिषदबाट मान्यताप्राप्त नयाँ इन्जिनियरिङ्ग विधाहरु (बायोमेडिकल, एरोनटिकल आदि) ले कानुनी ढंगबाट सरकारी सेवामा प्रवेश गर्न पाउने अधिकारको लागि विशेष पहल गरिनेछ ।
  • इन्जिनियरिङ्ग शिक्षणसंस्थाहरुको अनुगमन गर्न एकद्वार नीति गर्नको लागि आबश्यक नीतिगत व्यवस्थाको लागि पहल गरिने छ।
  • पूर्वाधार विकासको क्षेत्रमा निर्माण कार्य तथा सेवा प्रवाह गर्दा इन्‍जिनियर/आर्किटेक्टले भोग्नुपरेका समग्र समस्यालाई निराकरण गर्न पहल गरिनेछ भने ठूला निर्माण कार्यमा परामर्शदाता संस्था र निर्माण कम्पनीको संलग्नता गर्दा विदेशी विज्ञको स्थानमा दक्ष र अनुभवी नेपाली विज्ञ तथा संस्थाहरुलाई प्राथमिकताका साथ अवसर दिनु पर्ने नीति बनाउन सरकारसँग नीतिगत हस्तक्षेप गरिनेछ ।

ने.इ.ए.को सदस्यता वृद्धि र यसको गुणस्तरीयता अभिवृद्धि

  • ने.इ.ए. मा सदस्यता लिन नयाँ इन्जिनियर/आर्किटेक्टहरुलाई आकर्षित र उत्प्रेरित गर्न विशेष कार्यक्रमहरुको व्यवस्था गरिने छ भने यसमा आवद्ध रहेका साधारण सदस्यहरुलाई आजीवन सदस्यमा परिणत गर्न व्यवस्था मिलाइने छ। त्यसैगरी ज्येष्ठ, वरिष्ठ इन्जिनियरहरुलाई Fellow Membership लिन आकर्षित गरी त्यसमा सेवा सुविधाका सम्मानजनक प्याकेज समावेश गरिने छ।
  • पूर्वाधार विकासका विभिन्न क्षेत्रमा कार्यरत ने.ई.ए. का सदस्यहरुलाई आवश्यकता अनुसार सेवा प्रवाहको सिलसिलामा नेतृत्व र व्यवस्थापनमा सहयोगीसिद्ध होस् भनी Emotional Intelligence (EI) को नयाँ विधामा तालिम प्रशिक्षणको व्यवस्था मिलाइने छ।
  • ने.इ.ए. मा आवद्ध सम्पूर्ण सदस्यहरुलाई Life Member को रुपमा परिणत गर्ने व्यवस्था मिलाइनेछ ।
  • ने.इ.ए. परिचय पत्रलाई सरकारी मान्यताप्राप्त दिन प्रयत्‍न गरिने छ र विभिन्न संघ संस्थासंग समन्वय गरी इन्जिनियर सदस्यहरुले लाभ लिन सक्ने गरी परिचयपत्रलाई बहुमूल्य र बहुउपयोगी बनाइने छ।जस्तै ने... को परिचयपत्रको आधारमा हवाइजहाज, सार्वजनिक यातायात, अस्पताल लगायतका क्षेत्रहरुमा निश्चित प्रतिशत छुट लगायतको व्यवस्थाको लागि पहल गरिनेछ ।

सहकार्य एवम् समन्वय

  • नेपालको विकासको लागि भूमिका निर्वाह गरिरहेका विज्ञान र इन्जिनियरिङ्ग प्रविधिसँग सम्बन्धित विभिन्न संस्थाहरुसंग सहकार्य गर्ने र देशको समृद्धिको यात्रामा टेवा पुर्‍याउने नीति अवलम्बन गरिनेछ ।
  • राष्ट्रिय महत्वका विकास निर्माणका विषयहरुमा इन्जिनियर/आर्किटेक्ट समुदायलाई अझ बढी जिम्मेवार बनाउदै नीतिगत एवं नेतृत्व तहसम्म जोड्नका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारसित समन्वय गरी केन्द्रमा र हरेक प्रदेशमा विकास निर्माण एवं नीतिगत बहस कार्यक्रमको थालनी गरिने छ ।
  • इन्जिनियरिङ्ग शिक्षाको गुणस्तरको स्तरोन्नतिका लागि नेपाल इन्जिनियरिङ्ग परिषद् एवं विश्वविद्यालयहरुसँग अधिकतम् सहकार्य गरिनेछ ।

संस्थागत सुदृढीकरण तथा अन्तर्राष्ट्रिय सम्बन्ध

  • आगामी २ वर्षभित्र ७ वटै प्रदेशमा ने... प्रदेश भवन निर्माण गर्न पहल गरिनेछ ।
  • ने.इ.ए.ले गर्दै आएका रचनात्मक गतिविधिहरुलाई निरन्तरता दिईनेछ र त्यस्ता गतिविधिहरुलाई अझ बढी प्रभावकारी बनाउँदै थप कार्यक्रमहरुसमेत तर्जुमा गरी आम इन्जिनियर/आर्किटेक्टहरु स्वतस्फूर्त रुपमा नेईएको सदस्यता लिने अवस्थाको सिर्जना गरिनेछ ।
  • इन्जिनियरिङ्ग क्षेत्रका विविध विधाहरुमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुसँगको समन्वयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सभा, सम्मेलन गरी अध्ययन तथा अनुसन्धान कार्यहरुमा जोड दिइने छ ।
  • विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थाहरुसंग स्थापित सम्बन्धलाई नवीकरण गरिने छ, पारस्परिक सहकार्यलाई गतिशील बनाइने छ र पारस्परिक सहयोगलाई अझ मजबुत बनाउन थप सिर्जनशील विषयगत सहकार्य गरिने छन्।

सम्मान तथा उत्प्रेरणा

  • हाल ने.इ.ए.द्वारा प्रदान भई आएको सम्मान र उत्प्रेरणा कार्यक्रमलाई निरन्तरता प्रदान गरिने छ तथा यसको छनौट प्रक्रियालाई अझ बढी वस्तुनिष्ठ र सम्मानजनक बनाइने छ।
  • नेपालको विकासमा इन्जिनियरिङ्ग क्षेत्रबाट विशेष योगदान दिने स्वदेश तथा विदेशमा रहेका इन्जिनियरहरु एवं अन्य संघ संस्थाहरुलाई विशेष सम्मान गर्नुका साथै युवा अनुसन्धानकर्ताहरुमा उत्प्रेरणा प्रदान गर्न नयाँ परम्पराको थालनी गरिनेछ ।
  • इन्जिनियरिङ्ग कलेजहरुसँगको सहकार्यमा ने.इ.ए. जेहेन्दार छात्रबृत्ति कोष स्थापना गरी उच्च शिक्षा अध्ययन र अनुसन्धानमा उत्प्रेरित गरिने छ ।

तसर्थ उल्लेखित प्रतिबद्धताहरुको माध्यमबाट हालसम्म प्राप्त गरेका उपलब्धीहरुलाई सुदृढ गर्न स्तरीय इञ्जिनियरिङ्ग शिक्षा, इञ्जिनियरहरुको सेवा, सुविधा तथा क्षमता अभिवृद्धि, इञ्जिनियरहरुको सम्मानजनक रोजगारी एवं नवप्रवर्तन प्रवर्द्धन, इञ्जिनियरिङ्ग सम्बद्ध निजी क्षेत्रको विकास, इञ्जिनियरहरुको हकहितको संरक्षण , इञ्जिनियरिङ्ग पेशा र समाजबीच मर्यादित सम्बन्ध जस्ता  बृहत्तर उद्देश्यमा अन्तरनिहित रही विभिन्न कार्यक्रमहरुको माध्यमबाट देशको आर्थिक, भौतिक तथा पूर्वाधार विकासमा टेवा दिन गर्न क्रियाशील इन्जिनियरिङ्ग समुदायको लागि सक्षम र योग्य नेतृत्व चयन गर्नु आवश्यक छ ।

आम पेशागत तथा प्रगतिशील इन्जिनियरहरुको साझा संस्था नेपाल इन्जिनियर्स एशोसिएसनलाई बलियो संस्थाको रुपमा विकास गर्न सम्पूर्ण सरोकारवाला निकायहरुबीच सहकार्य र समन्वय हुनु आवश्यक रहेको छ । मुलुकको विकास र जनताको समृद्धिको निम्ति तीव्र आर्थिक विकासको सपना साकार पार्ने आम नेपाली जनताको चाहनालाई पूरा गर्नका लागि सम्पूर्ण इन्जिनियर/आर्किटेक्टहरुको पेशागत मर्यादा र विश्वासलाई उच्च नैतिक बल, इमान्दारिता र पूर्ण उत्तरदायित्वका साथ आफ्नो भूमिका र जिम्मेवारी पूरा गर्न सक्ने नेतृत्व नै आजको आवश्यकता हो र  सो को लागि प्रगतिशील समूहको जित आवश्यक देखिन्छ । तसर्थ सम्पूर्ण प्रबुद्ध इन्जिनियर/आर्किटेक्टहरुले अमूल्य अभिमत, सम्पूर्ण सहयोग र समर्थन सहित प्रगतिशील समूहलाई नेतृत्वमा चयन गर्ने नै छन् भन्ने अपेक्षा रहेको छ ।

लेखकद्वयबारे-

. प्रा.डा. विष्णुप्रसाद पाण्डे

(इन्जिनियरिङ्ग अध्ययन संस्थान पुल्चोकबाट सिभिल इन्जिनियरिङ्गमा स्नातक, एशियन इन्ष्टिच्युट अफ टेक्नोलोजी (ए.आइ.टि.), बैंकक, थाइल्याण्ड्सबाट एम.. (जलस्रोत) र यामानाशी विश्वविद्यालय, जापानबाट जलस्रोतमा पी.एच.डी तथा पोष्ट डक्टोरल उपाधी हासिल  गरेका हाल इन्जिनियरिङ्ग अध्ययन संस्थान पुल्चोकमा प्राध्यापक  रहेका डा. पाण्डे आसन्न नेपाल इन्जिनियर्स एशोसियसनको निर्वाचनमा प्रगतिशील समूहको तर्फबाट अध्यक्ष पदका उम्मेदवार छन् । )

 डा. लक्ष्मणप्रसाद घिमिरे

(इन्जिनियरिङ्ग अध्ययन संस्थान पुल्चोकबाट इलेक्ट्रिकल इन्जिनियरिङ्गमा स्नातक एवं सिउल नेशनल युनिभर्सिटी दक्षिण कोरियाबाट ऊर्जा नीति/ इन्जिनियरिङ्गमा एम.एस.सी. तथा विद्यावारिधी  गरी नेपाल सरकार वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमा प्राविधिक उपनिर्देशक पदमा कार्यरत नवीकरणीय ऊर्जाविद डा. घिमिरे आसन्न नेपाल इन्जिनियर्स एशोसियसनको निर्वाचनमा प्रगतिशील समूहको तर्फबाट महासचिव पदका उम्मेदवार छन् ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *