यस वर्षको मदन पुरस्कार ‘मुकाम रणमैदान’लाई, जगदम्बा श्री यादवलाई
काठमाडौं । यस वर्षको मदन पुरस्कार लेखक मोहन मैनालीद्वारा लिखित ‘मुकाम रणमैदान’ले प्राप्त गरेको छ ।
मदन पुरस्कार गुठीको शुक्रबार बसेको साधारणसभाको बैठकले २०८० को मदन पुरस्कार ‘मुकाम रणमैदान’लाई दिने निर्णय गरेको हो ।
सँगै प्रा।डा। योगेन्द्रप्रसाद यादवले जगदम्बा श्री २०८० पाउने भएका छन् । दुवै पुरस्कारको राशि चार चार लाख रहेको छ ।
२०८० मा प्रकाशित पुस्तकमध्ये मैनालीको ‘मुकाम रणमैदान’, ‘भक्त स्याङतानको ‘डम्फुको आत्मालाप’, जीवन क्षत्रीको ‘नुन तेल’, ‘भावेश भुमरी र प्रणिता चाम्लिङको ‘भावलिपी’ र रोशन थापा निरवको ‘सन्त्रासका साठी दिन’ अन्तिम सूचिमा परेका थिए । यिनै सूचिबाट मैनालीको ‘मुकाम रणमैदान’ले यस वर्षको मदन पुरस्कार जितेको हो ।