सफारी चालकको आन्दोलनले विराटनगरको मूल सडक अवरुद्ध
नेपाल प्रेस
२०८१ भदौ १४ गते १३:१८
काठमाडौं । विराटनगर महानगरपालिकाले मुख्य राजमर्गमा सीटी सफारी गुडाउन प्रतिबन्ध लगाएपछि सफारी चालकहरूले सडक अवरुद्व पारेका छन् । सफारी चालकको आन्दोलनका कारण कोशी राजमार्गको बरगाछीमा सवारी जाम भएको छ ।
मध्यान्ह १२ बजेदेखि बरगाछीको ६ लेन सडकमा सफारी राखेर चालकले सडक अवरोध गरिरहेका छन् । बन्दका कारण एम्बुलेन्ससमेत सञ्चालनमा समस्या भइरहेको छ । यसअघि सफारी चालकहरूले विराटनगर महानगरपालिका कार्यालयअगाडि प्रदर्शन गरेका थिए ।
विराटनगर ढाटसम्मको राजमार्गमा सफारी सञ्चालनमा रोक लगाइएपछि आफूहरू आन्दोलित भएको चालक अनिल रायले बताए ।
प्रतिक्रिया
सम्बन्धित खवर