संविधान संशोधन हुनसक्छ, तर बहुदलीय व्यवस्थाको विकल्प छैन: देउवा (भिडि‍ओ) – Nepal Press

संविधान संशोधन हुनसक्छ, तर बहुदलीय व्यवस्थाको विकल्प छैन: देउवा (भिडि‍ओ)

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै दलले आवश्यक ठानेमा संविधान संशोधन हुनसक्ने बताएका छन् ।

‘द्वन्द्व पत्रकारिताको एक दशक’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सबै नेपालीलाई अटाउने संविधान बनेको जिकिर गरे ।

उनले भने, ‘बहुदलीय व्यवस्थालाई स्थायी रुपमा स्थापित गर्नुपर्छ, संविधानमा कति कुरा संशोधन हुनसक्ने अवस्था पनि छ । सबैले आवश्यक ठान्यो भने संशोधन हुनसक्छ । अहिलेको संविधान समावेशी छ, समावेशिताको विषयमा पनि केही कुराहरु छन्, कति मानिसहरु चुनाव जित्न सक्दैनन्, त्यसका लागि समावेशिता पनि आवश्यक छ ।’

संविधानमा भएका कमीकमजोरीलाई सुधारेर अगाडि बढ्नुपर्ने सभापति देउवाको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर