नेपाल प्रहरीको ३० वर्षे सेवा अवधि नै कायम, अन्तरिम आदेश खारेज – Nepal Press

नेपाल प्रहरीको ३० वर्षे सेवा अवधि नै कायम, अन्तरिम आदेश खारेज

काठमाडौं । नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि नै कायम हुने भएको छ । ३० वर्षे सेवा अवधि विवादमा सर्वोच्च अदालतले यसअघि जारी गरेको अन्तरिम आदेश खारेज गरेसँगै ३० वर्षे सेवा अवधि कायम भएको हो ।

न्यायाधीशद्वय शारंगा सुवेदी र विनोद शर्माको संयुक्त इजलासले सरकारको भ्याटेकमा मागबमोजिम हुने आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइकेलले जानकारी दिए ।

नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एएसपी)सहितका केही प्रहरी अधिकृत जीवनकुमार श्रेष्ठसहित २१ जनाले आफूलाई ३० वर्ष सेवा अवधिमा अवकाश दिन लागेको भनी सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमा पहिलो सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले अन्तरिम आदेश जारी गरेको थियो ।

सर्वोच्चले अन्तरिम आदेश जारी गरेपछि सरकारले यो आदेश कार्यान्वयन गर्न नसकिने भन्दै गृह मन्त्रालयमार्फत भ्याकेटको निवेदन दर्ता गरेको थियो ।

प्रहरी अधिकृतले भदौ ५ गते रिट दर्ता गराएका थिए भने सरकारले भदौ १२ गते भ्याकेटको निवेदन दर्ता गराएको थियो ।


प्रतिक्रिया

One thought on “नेपाल प्रहरीको ३० वर्षे सेवा अवधि नै कायम, अन्तरिम आदेश खारेज

  1. अदालतका न्यायाधिशहरू पनि मुद्दालाई एक अर्कालाई देखाईदिने हतियार बनाउँदा रहेछन् ।
    यस्ता न्यायाधिश र यस्तो न्याय प्रणाली किन चाहियो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *