सर्वाधिक रक्तदाता उपाध्याय नेपाल औषधि व्यवसायी संघ सुदूरपश्चिमबाट सम्मानित – Nepal Press

सर्वाधिक रक्तदाता उपाध्याय नेपाल औषधि व्यवसायी संघ सुदूरपश्चिमबाट सम्मानित

कञ्चनपुर । नेपाल औषधि व्यवसायी संघ सुदूरपश्चिम प्रदेशको दोस्रो अधिवेशनको उदघाटनसत्रमा प्रदेशमै सबैभन्दा धेरै पटक रक्तदान गरेको भन्दै स्वयंसेवी रक्तदाता दीपक उपाध्यायलाई सम्मान गरिएको छ । उपाध्यायले हालसम्म १०६ पटक रक्तदान गरिसकेका छन् ।

उपाध्यायलाई कार्यक्रमका प्रमुख अतिथि औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका छन् । कार्यक्रममा उपाध्यायसँगै स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याएको भन्दै विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको छ ।

नेपाल औषधि व्यवसायी संघ सुदूरपश्चिम प्रदेशको दुई वर्षे कार्यकालका लागि शनिबार निर्वाचन हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *