बीआरआई परियोजनामा सरकारसँगको सम्झौताअनुसार अघि बढ्छु : प्रस्तावित राजदूत ओली (भिडिओ) – Nepal Press

बीआरआई परियोजनामा सरकारसँगको सम्झौताअनुसार अघि बढ्छु : प्रस्तावित राजदूत ओली (भिडिओ)

काठमाडौं । चीनका लागि प्रस्तावित राजदूत प्रा. डा. कृष्णप्रसाद ओलीले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनामा आफूले नेपाल सरकारले गरेका निर्णय कार्यान्वयन गर्दै अघि बढ्ने बताएका छन् ।

सो परियोजनाबारे सरकारले गरेको निर्णय कार्यान्वयनका लागि प्रयत्नशील रहने राजदूतको रुपमा आफ्नो भूमिका हुने उनको कार्ययोजना थियो । आईतवार संसदीय सुनुवाइको क्रममा प्रश्तावित राजदूत ओलीले सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा नेपालले उत्तर–दक्षिण कनेक्टिभिटी परिचालन गर्नका लागि ट्रान्स हिमालयन कनेक्टिभिटीमा टेकेर पनि अघि बढ्नसक्ने धारणा राखे ।

उनले चिनियाँ पर्यटकहरुलाई नेपाल भित्र्याउने काममा पनि आफू दत्तचित्त भएर लागिपर्ने प्रतिवद्धता व्यक्त गरे । चीनमा २१ प्रतिशत बुद्धिष्टहरु रहेको उल्लेख गर्दै प्रस्तापवित राजदुत ओलीले उनीहरुलाई नेपालमा पर्यटकको रुपमा भित्र्याउने काममा पनि आफूले सहजीकरण गर्ने बताए । तातोपानी भन्सार निरन्तर सञ्चालनमा ल्याउनका लागि आफूले राजदुत हुनेबित्तिकै पहल गर्ने पनि प्रश्तावित राजदुत ओलीको भनाइ थियो ।

‘अब बीआरआईमा हामी कसरी जाने भनेर नेपाल सरकारको जुन निर्णय हुन्छ । त्यही अनुसार राजदुतले अघि बढ्ने हो । त्यसकारणले गर्दा हामीले ट्रान्स हिमालयन कनेक्टिभिटीको तर्फबाट बीआरआईमा नगएर ट्रान्स हिमालयन कनेक्टिभिटीलाई टेकेर पनि हामो कनेक्टिभिटी बढाउन सक्छौं । त्यसमा पहल गर्ने । त्यो एउटा भयो । चीनमा २१ प्रतिशत बुद्धिस्टहरु रहेका छन्’, उनले भने, ‘अब ती पर्यटकहरुलाई भित्र्याउनका लागि यी अघि मैले भनेका जति पनि कुराहरु छन् । त्यसमा म दत्तचित्त भएर लागेर प्रयत्नशील रहनेछु । अब भन्सार संचालन गर्ने अर्को महत्वपूर्ण कुरा छ । तातोपानी भन्सार नियमित रुपमा सञ्चालन गर्ने विषयमा चिनियाँ सरकारसँग तत्काल कुरा गर्नेछु ।’

राजदुत ओलीले लुम्बिनी र पोखरामा चिनियाँ पर्यटकहरुले आफ्नो गन्तव्य बनाउने भएकाले त्यसमा पनि आफूले जोड दिने बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर