पाथीभरामा केबलकार : जिल्लाकै समृद्धिको आधार – Nepal Press

पाथीभरामा केबलकार : जिल्लाकै समृद्धिको आधार

डेढ दशकभन्दा अघि देखि ताप्लेजुङबासीको एउटा सपना छ चर्चित धाम पाथीभरामा केबलकार चढेर पुग्ने । तर, विविध कारणले यो सपना विपना हुन सकेको छैन । पाथीभरा केबलकार राष्ट्र र नेपाली जनताका निम्ति उपलब्धिमूलक मेगा परियोजना हो । यो परियोजना पाथीभरा केबलकार कम्पनीबाट सञ्चालित छ । नेपाल सरकारबाट सबै प्रक्रिया पूरा गरेर कामको सुरुवात गर्नका निम्ति सबै काम सकिएको छ ।

ताप्लेजुङका जनताका निमित्त यो उपलब्धिमूलक हुन्छ । यो जिल्लाकै आर्थिक स्रोतको सुनिश्चितता हुने योजना हो । त्यसकारण यो योजनालाई अगाडि बढाउनु पर्छ भन्ने व्यक्तिगत धारणा रहेको छ । र, आम ताप्लेजुङवासीको पनि धारणा यही नै हो । नेकपा एमाले पार्टीको धारणा यो केबलकारलाई कुनै हालतमा रोक्नुहुन्न र यसलाई बनाउनु पर्छ भन्ने छ । एमाले जस्तै अन्य दलको पनि धारणा जिल्लालाई समृद्ध बनाउने यो परियोजनाअघि बढाउनु पर्दछ भन्ने सम्पूर्ण दलहरूको धारणा छ ।

पाथीभरा केबलकारमा फुङलिङ नगरपालिका र दुईवटा गाउँपालिका जोडिएका छन् । सबैभन्दा पहिलो कुरा यो परियोजना बनेपछि नगरपालिका र दुईवटा गाउँपालिकाको आम्दानी वार्षिक रुपमा वृद्धि हुँदै जान्छ । यसले पाथीभराको महिमालाई पनि बढाउँछ । अहिले भक्तजनहरू लाखौको संख्यामा वार्षिक रुपमा आउँछन् भने त्यो संख्या तेब्बरले वृद्धि हुन्छ ।

पाथीभरामा अहिलेसम्मको तथ्याङ्क हेर्दा भारतको सिक्किम, दार्जिलिङदेखि लिएर नेपालका सबै क्षेत्रका भक्तजनहरू आउँछन् । बैतडी र दार्चुलादेखि पनि यहाँ दर्शन गर्न आउँछन् । अब केबलकार बनेपछि त्यसको संख्या तेब्बरभन्दा बढी हुन्छ । दर्शन गर्ने तीव्र अभिलासा भए पनि हिंड्न नसक्नेहरू घरमै बस्नु पर्ने बाध्यता थियो । अब परियोजना बनेसँगै यहाँ आउने भक्तजनको संख्या वृद्धि हुन्छ ।

केबलकार बनेपछि ताप्लेजुङमा ठूलो संख्यामा होटलहरू थप्नु पर्ने हुन्छ । पाथीभरा जाने धेरै यात्रीहरूलाई ताप्लेजुङले बास बसाउनुपर्ने हुन्छ । खाना खुवाउनु पर्ने हुन्छ । त्यसैले यहाँका होटल व्यावसायीहरूलाई हस्पिटालिटीको तालिम पनि दिनु पर्दछ । यो परियोजनाले ताप्लेजुङमात्रै होइन यसको क्याचमेन्ट एरियामा पर्ने मेची राजमार्गका झापा, इलाम र पाँचथरलगायतका क्षेत्रमा भएका होटल व्यवसायीलाई पनि प्रत्यक्ष रुपमा फाइदा पुुग्छ । त्यसैगरी ताप्लेजुङ प्रवेशको नयाँ नाका तमोर करिडोरमा पर्ने सुनसरी, धनकुटा, पाँचथरको पश्चिमी क्षेत्रमा व्यापार पनि बढ्छ ।

किनकि पाथीभरामा पुग्नका लागि देश विदेशका भक्तजन र पर्यटकहरू स्थलगतरूपमा यिनै मार्ग भएर आउनेछन् । तमोर करिडोर पनि पिच हुने अवस्थामा छ । कतिपय ठाउँमा पीच भइसकेको छ । तराई जाने सबैभन्दा छोटो बाटो यही हो । त्यसकारण यो बाटोको स्तरोन्नति भयो वा पीच भयो भने अझ पाथीभरा दर्शन गर्न आउनेको संख्यामा वृद्धि हुने कुरामा कुनै शंका छैन ।

पाथीभराको काखैमा रहेको सुकेटार विमानस्थलबाट पनि पाथीभरा पुग्न सकिन्छ । केबलकार चलेपछि काठमाडौं, विराटनगरबाट यहाँ आउने यात्रुको संख्या अत्यधिक हुन्छ । काठमाडौंबाट ५० मिनेट उडेपछि सुकेटार आइपुगिन्छ ।

पाथीभरा, ओलाङचुङगोला, फुङफुङे र तोक्पेगोला

पाथीभरामा केबलकार निर्माण भएपछि यहाँ आउने धार्मिक पर्यटकहरूलाई ताप्लेजुङमा केही दिन राख्न सकिन्छ । स्थानीय राजनीतिक दल, व्यवशायी, स्थानीय तह, प्रदेश तथा संघीय सरकारले पनि यतातर्फ ध्यान पुर्‍याउनु पर्दछ । किनकि पर्यटकीय सम्भावनाले भरिपूर्ण यो हिमाली जिल्लामा कञ्चनजंघा, कुम्भकर्ण जस्ता ८ हजार मिटर भन्दा माथिका हिमाल मात्र होइन फुङफुङे झरना र तोक्पेगोला जस्ता पर्यटकीय क्षेत्र पनि छन् । अझ महत्वको कुरा त उत्तरी गाउँ ओलाङचुगोला र तिब्बतसँगको टिपताला नाका पनि यसै जिल्लामा छ ।

केबलकार हुँदै पाथीभरा जाने भक्तजनको एक चौथाइमात्र मानिसलाई उल्लेखित पर्यटकीय स्थलको भ्रमण गराउन सकेमा ताप्लेजुङका गाउँगाउँ अहिले अभाव र गरिबीबाट मुक्त हुन धेरै समय लाग्दैन भन्ने मलाई लाग्छ । त्यसैले हामीले केबलकारलाई केवल एउटा परियोजनाको रूपमा मात्र अर्थ लगाउनु हुँदैन । जसरी सडक बनाएपछि गाडी आउँछ । गाडीमा केबल यातायातमात्र होइन योसँग अनेक सम्भावना पनि एकैचोटी आउछन् । त्यसैले केबलकार एउटा बहुउद्धेश्यीय परियोजना जस्तै हो । त्यसका निम्ति ताप्लेजुङबासी, सबै राजनीतिक दलका नेताहरू, जनप्रतिनिधिहरूको पर्यटकको बसाइँ लम्ब्याउनका निम्ति पाथीभराको दर्शनपछि अन्य गन्तव्यहरूका निम्ति पनि योजना बनाउँदै छौं ।

सुकेटारमा ठूलो चिडियाखाना बनाउनका निम्ति जमिनको व्यवस्था गर्दैछौं । त्योसँग आकर्षक मठमन्दिर पनि बनाउने योजनामा छौं । पर्यटकलाई मनोरञ्जन दिनका निम्ति सबै तयारी गर्ने सोच बनाएका छौं ।

पाथीभरामा पुग्नका लागि देश विदेशका भक्तजन र पर्यटकहरू स्थलगतरूपमा यिनै मार्ग भएर आउनेछन् । तमोर करिडोर पनि पिच हुने अवस्थामा छ । कतिपय ठाउँमा पीच भइसकेको छ । तराई जाने सबैभन्दा छोटो बाटो यही हो । त्यसकारण यो बाटोको स्तरोन्नति भयो वा पीच भयो भने अझ पाथीभरा दर्शन गर्न आउनेको संख्यामा वृद्धि हुने कुरामा कुनै शंका छैन ।

ओलाचुङगोला जानको निम्ति भनेको सडक राम्रो हुनुपर्दछ । नेपाल सरकारले अहिलेको बजेटमा राम्रो व्यवस्था गरेको छ । तितरासम्म सडकको ठेक्का निस्किँदै छ । त्यहाँ ४ वटा जति पुलहरू बनाउनु पर्नेछ । पुलका निम्ति पनि बजेट परेको छ । बाटो १२ महिना नै सञ्चालन गर्नेगरी निर्माण हुन्छ ।

पाथीभरा हुँदै ओलाङ्चुङगोला-टिपताला नाकासम्म पर्यटकलाई पुर्‍याउन सकियो भने आर्थिक सूचक माथि जाने कुरामा कुनै दुई मत छैन । योसँगै फुङफुङ्गे झरना हेर्नका निम्ति यो बाटो गुणस्तरीय हुनुपर्छ र डीपीआर अनुसार नै गुणस्तरको काम हुनुपर्छ र त्यसको मूल्याङ्कन र निरीक्षण सबैले गर्नुपर्छ । पाथीभरा मन्दिरको दर्शन गरेर बिहान फर्किएर साँवामा रहेको फुङफुङ्गे झरना हेरेर बेलुका सदरमुकाम आएर बासबस्न सकिन्छ । त्यस्तै तोप्केगोला जाने बाटो फुङफुङ्गे हुँदैे २०/२५ किलोमिटर अगाडि बढेको छ ।

तोप्केगोला तिब्बतीको अन्न खरिद गर्ने बजार, अहिलेको भर्जिन ल्याण्ड

त्यहाँ ठूलो सोझो पोखरी छ । पोखरीको बीचमा मन्दिर छ । तोप्केगोला पहिले व्यापारिक केन्द्र थियो । त्यहाँ तिब्बतबाट नुुन आउन्थ्यो । संखुवासभा, ताप्लेजुङ, तेह्रथुमको संगम थियो । मानिसहरू नून लिन जाने हुन्थ्यो । अहिले सडक पुगेपछि नून आउन छोड्यो । रियो बजार छ तिब्बतको । त्यहाँसम्म तिब्बतबाट गाडी आउँदैन्थ्यो । नेपालका मकै, फलफूल त्यहाँ लगिन्थ्यो । त्यहाँ राम्रो व्यापारिक केन्द्र थियो । त्यहाँ नेपाल सरकारले भन्सार पनि राखेको थियो । अहिले त्यहाँ भन्सार छैन र व्यापार पनि शुन्य छ । अब तोप्केसम्म सडक यातायात पुग्यो भने त्यो पर्यटकीय स्थलको रुपमा विकसित हुन्छ । त्यहाँ एउटा गुम्बा छ । त्यस गुम्बामा पुराना पौराणिक पुस्तकहरू छन् । राम्रो सडक यातायात भयो भने पर्यटकलाई त्यहाँ पुर्‍याउन सकिन्छ । त्यसले गर्दा जिल्लाको समग्र आर्थिक स्रोत बढ्छ । तसर्थ हामीले केबलकारलाई ताप्लेजुङमा पयर्टक भित्र्याउने एउटा माध्यम बनाउनु पर्दछ ।

केबलकार निर्माणसँगै रोजगारीको सिर्जना हुन्छ । यसबाट रोजगारीका लागि जिल्ला छोड्नुपर्ने बाध्यतालाई घटाउने विश्वास मैले लिएको छु । यो परियोजना सुरू हुँदै गर्दा प्राविधिक जनशक्ति पनि आवश्यक पर्छ र परियोजना पूरा भएपछि पनि सञ्चालनका लागि जनशक्ति चाहिन्छ । कम्पनीले रोजगारीका लागि ताप्लेजुङबासीलाई नै पहिलो प्राथमिकता दिनुपर्दछ भन्ने हाम्रो माग छ ।

पाथीभरा केबलकार निर्माणमा अवरोधको सन्दर्भ

औलामा गन्न सकिने साथीहरूले केबलकार बनाउनु हुँदैन भनेर मोर्चा कसेको देख्छु । तर, राज्यले निजी कम्पनीलाई सबै अधिकार दिएपछि केही व्यक्तिहरूको अवरोधले त्यो रोकिने अवस्था छैन । जसरी पनि बन्छ । पाथीभरा सबैको आस्थाको धार्मिक केन्द्र हो । कुनै जातिको एकल पहिचानको मुद्दा बनाएर त्यो रोकिनु हुँदैन । त्यो मान्यतामा हामी सबै जिल्लावासीहरू एकमत छौं । दुई-चार जना साथीहरूले केबलकार बनाउनु हुँदैन । त्यो हाम्रो धार्मिकस्थल भए पनि केही जातिको स्थल हो भनेर मुद्दा बनाएर रोक्न खोजेका छन् । त्यो रोकिने अवस्था छैन । कसैको हठले जिल्लाको गौरवको आयोजनालाई निस्तेज पार्नु हुदैन ।

केबलकार निर्माणस्थलमा ३५ जना सशस्त्र प्रहरी राख्न नेपाल सरकारले मन्त्रीस्तरबाट निर्णय गरेको छ । त्यसलाई जिल्लाका सुरक्षा निकायले निर्णय गरेर वेस क्याम्प स्थापना गरिसक्नु पर्ने हो । त्यो कुरालाई ताप्लेजुङ जिल्लाका सुरक्षा निकायले ढिलाइ गरिराखेका छन् । नेपाल सरकारले निर्णय गरेपछि कार्यान्वयन गर्ने कुरामा जिल्लास्तरमा सुरक्षा निकायको ढिलासुस्ती देखिन्छ । त्यो किन भइराखेको हो मैले बुझ्न सकेको छैन । मैले उहाँहरूसँग कुरा पनि गरेको छु कि किन तपाईंहरू ढिला गरिराख्नु भएको छ भनेर । सरकारको निर्णयलाई कार्यान्वयन गर्ने थलोमा तपाईंहरू हुनुहुन्छ, कार्यान्वयन गर्ने निर्देशन भइसकेको छ तर ढिलो किन गर्नु भएको छ भनेर मैले प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा निकायका प्रमुखहरूसँग सोधें । उहाँहरू चाडै राख्ने कुरा गर्दै हुनुहुन्छ । त्यो चाँडै कहिले आउछ हामी पनि हेर्दर्छौं ।

ओलाचुङगोला जानको निम्ति भनेको सडक राम्रो हुनुपर्दछ । नेपाल सरकारले अहिलेको बजेटमा राम्रो व्यवस्था गरेको छ । तितरासम्म सडकको ठेक्का निस्किँदै छ । त्यहाँ ४ वटा जति पुलहरू बनाउनु पर्नेछ । पुलका निम्ति पनि बजेट परेको छ । बाटो १२ महिना नै सञ्चालन गर्नेगरी निर्माण हुन्छ ।

नेपाली कांग्रेसबाहेक अरु सबैले विज्ञप्ति निकालेका छन् र सबैसँग पटकपटक कुरा भएको छ । उहाँहरूले आफ्नो अडान छोड्नुु भएको छैन । राज्यको विकास निर्माणमा अवरोध गर्नु हुँदैन भन्ने कुरा उहाँहरूलाई जानकारी भएपनि कुन विषयलाई मुद्दा बनाउन खोज्नु भएको हो, मैले बुुझ्न सकेको छैन । अवरोध गर्ने भन्ने दुुई/चारजनाको जुन भनाई छ, त्यसमा समग्र जिल्लावासी सहमत हुँदैनन् । वृद्धदेखि युवा सबैको चाहना केबलकार निर्माणलाई साथ दिनु पर्दछ भन्ने छ । वृद्धवृद्धा र हिंड्न नसक्ने मान्छेले केबलकार चढेर पाथीभरा माताको दर्शन गर्न पाउँ भन्ने एकदम आकांक्षा छ । त्यसलाई पूरा गर्नका निम्ति हामी राजनीतिक दलहरू सचेत छौ र केबलकार कम्पनीले चाँडै बनाउनका निम्ति राजनीतिक दलहरूले के सहयोग गर्नु पर्छ, हामी सहयोग गर्न पनि तयार छौं । निर्माणकर्ताले पनि तदारुपकता देखाउनु पर्दछ ।

पाथीभरामा अहिलेसम्मको तथ्याङ्क हेर्दा भारतको सिक्किम, दार्जिलिङदेखि लिएर नेपालका सबै क्षेत्रका भक्तजनहरू आउँछन् । बैतडी र दार्चुलादेखि पनि यहाँ दर्शन गर्न आउँछन् । अब केबलकार बनेपछि त्यसको संख्या तेब्बरभन्दा बढी हुन्छ । दर्शन गर्ने तीव्र अभिलासा भए पनि हिंड्न नसक्नेहरू घरमै बस्नु पर्ने बाध्यता थियो । अब परियोजना बनेसँगै यहाँ आउने भक्तजनको संख्या वृद्धि हुन्छ । अशक्तहरूले कामना गरेका छन् कि केबलकार बन्यो भने हामी पनि पाथीभरा माताको दर्शन गर्न पाउँछौ भन्ने कुरामा आशावादी छन् । उनीहरू चाडै केबलकार बनोस् भनेर पर्खिएर बसेका छन् ।

(तुम्वाहाम्फे नेकपा एमाले ताप्लेजुङका अध्यक्ष एवं संविधानसभा सदस्य हुन्)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर