भागबन्डा मिलाउन गण्डकीमा फुटाइयो मन्त्रालय, अब एमाले पनि सरकारमा जाने (भिडिओ)
नेपाल प्रेस
२०८१ भदौ १६ गते १७:३२
पोखरा । नेकपा एमाले र नेपाली कांग्रेसबीच भागबन्डा मिलाउन गण्डकी प्रदेशमा मन्त्रालय फुटाइएको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले मन्त्रालयको संख्या ७ बाट ९ पुर्याइएको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए । संरचना ९ नै भएको र मन्त्रालयमात्र थपिएको उनको भनाइ छ ।
वन तथा वातावरण, उद्योग, पर्यटन र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयलाई टुक्रयाइएको हो छ । प्रदेशमा कांग्रेसले ५ र एमालेले ४ मन्त्रालय लिने गरी सहमति भएको पाण्डेले बताए ।
एमाले १/२ दिनमै सरकारमा आउने उनको भनाइ छ ।
प्रतिक्रिया
सम्बन्धित खवर