माधव नेपाल रुस जाँदै, पार्टीको कार्यविभाजन फर्किएपछि
नेपाल प्रेस
२०८१ भदौ १६ गते १७:५९
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल आज राति रुसको भ्लादिभोस्तकका लागि प्रस्थान गर्दैछन् ।
नेपालका स्वकीय सचिव लक्ष्मण रेग्मीका अनुसार मल्टी पोलारिटी फोरम विषयका अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन नेपाल त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।
उनी फर्किएपछि मात्रै पार्टीका विभिन्न विभाग, इन्चार्ज सहितका जिम्मेवारी तोकिने भएको छ ।
रेग्मीका अनुसार उनी आइतबार स्वदेश फर्किने कार्यक्रम छ । सम्मेलन सेप्टेम्बर ३ देखि ६ तारिखसम्म जारी रहने छ । त्यससँगै उनले साउथ एसियन इकोनोमिक फोरमको समूह छलफलमा पनि भाग लिने स्वकीय सचिव रेग्मीले बताए ।
प्रतिक्रिया
सम्बन्धित खवर