ललितपुर क्विन्सको लोगो सार्वजनिक – Nepal Press

ललितपुर क्विन्सको लोगो सार्वजनिक

काठमाडौं । अर्को महिना आयोजना हुने एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) टोली ललितपुर क्विन्सले आफ्नो लोगो सार्वजनिक गरेको छ ।

ललितपुर नेपाली राष्ट्रिय भलिबल टोलीकी लिबेरो सलिना श्रेष्ठको कप्तानीमा खेल्नेछ। टोलीको प्रशिक्षक उत्सव खड्का छन् ।

नेपालमा पहिलो पल्ट आयोजना हुन गइरहेको फ्रेन्चाइज लिग इडब्लुभिएलमा उच्च प्रदर्शन गर्ने तयारी सुरु गरेको ललितपुर क्विन्सले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *