वन मन्त्रालयमा मनाङे बेखुश, जुनियरको मन्त्रालय लिन्न भन्दै मुख्यमन्त्री भेट्न हिँडे
पोखरा । गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री दीपक मनाङेले मन्त्रालय भागबन्डामा असन्तुष्ट भएका छन् ।
यसअघि भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रहेका मनाङेलाई परिवर्तन गरी वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको थियो । एमालेका मन्त्रीको शपथ ग्रहणपछि उनी ‘लिन्न यस्तो मन्त्रालय, जुनियरले लिने मन्त्रालय हो’ भनेर निस्किएका थिए ।
गण्डकीमा सुरेन्द्र पाण्डेलाई विश्वासको मत दिएर मुख्यमन्त्री पद जोगाइदिएका फणीन्द्र देवकोटा र दीपक मनाङेलाई कांग्रेसले आफ्नै कोटामा राखेर मन्त्रीमा यथावत् गरेको छ । एमाले सरकारमा सामेल भएसँगै मनाङेको मन्त्रालयको सारिएको छ ।
आफ्नो असन्तुष्टिबारे छलफल गर्न उनी मुख्यमन्त्री कार्यालय गएको बुझिएको छ । मन्त्रालयले हालसम्म नयाँ मन्त्रालयको जिम्मेवारी सम्हालेका छैनन् ।
जम्मा सात लाइनको समाचारको हतारोले जोगाएको भाषा ।
1. दीपक मनाङेले मन्त्रालय भागबन्डामा असन्तुष्ट भएका छन् ।
2. मनाङेको मन्त्रालयको सारिएको छ ।
3. मन्त्रालयले हालसम्म नयाँ मन्त्रालयको जिम्मेवारी सम्हालेका छैनन् ।
भाषा चाहि हेर्न पर्ने हाे ।