प्रचण्डले हेरिरहेको र अरुले फेरिरहेको बाटो
कुरा शुरु गरौं, ओछ्यानबाट ।
पत्नी सीताको देहान्तपछि प्रचण्डका नियमित ‘बेड पार्टनर’ हुन्, प्रसिद्ध दाहाल । उनी छोरा स्व.प्रकाश (साकार) र बुहारी सिर्जना त्रिपाठीबाट जन्मिएका ज्येष्ठ पुत्र अर्थात् प्रचण्डका नाति हुन् । अहिले उनको उमेर १४ वर्ष भयो ।
प्रचण्ड यसकारण प्रसिद्धसँग सुत्छन् कि उनका आँखाभित्र एउटा सुन्दर र विशाल ‘प्रकाश’ भेटिन्छ । त्यो प्रकाशको उज्यालो प्रचण्डका निम्ति लोभलाग्दो छ । सात वर्षअघिको अकल्पनीय घटना- छोरा प्रकाशको देहान्त हुनु । आज उनलाई सम्झिएर प्रचण्ड एकान्तमा कति भक्कानिन्छन्, त्यो त थाहा भएन, तर प्रसिद्धभित्र उनले पाएको प्रकाश र त्यसको उज्यालोले उनलाई शान्त बनाएको छ, सुन्दर सपनाको बिस्कुन लागेका छन् । यसर्थ उनले प्रसिद्धलाई ‘बेड पार्टनर’ बनाए ।
असार १७ गते राति केपी शर्मा ओली र शेरबहादुर देउवाबीच सत्ता उलटपुलट गर्ने गरी सम्झौता भइरहँदा प्रचण्डको अंगालोमा प्रसिद्ध थिए । जब प्रसिद्धको सुत्ने बेला हुन्छ, तब प्रचण्ड ओछ्यानतिर लागिहाल्छन् । अरु त अरु, आफ्नो सत्ता तलमाथि हुने दिन पनि उनलाई सत्ताको हैन, प्रसिद्धकै तालिकाको मतलब हुन्छ । त्यस दिन खाना खाएर छिट्टै सुतेको र सम्झौताबारे भोलिपल्ट बिहान थाहा पाएको कुरा स्वयं उनीबाटै व्यक्त भइसकेको छ ।
प्रसिद्ध ओछ्यान पर्नासाथ सुतिहाल्दैनन् । गेम र सामाजिक सञ्जाल उनको लत हो । एक दिन सायद आमा सिर्जनासँग च्याट गर्दै थिए । प्रचण्ड अर्धनिद्रामा थिए । प्रसिद्धले बोलाए, ‘बा-बा’ भन्दै । प्रचण्डले ‘के भयो’ भनी सोध्नासाथ भने, ‘मामु जहिले पनि मर्छु-मर्छुमात्रै भन्नुहुन्छ ।’
भावुक प्रचण्डको निद्रामात्रै खल्बलिएन, मन, मनस्थिति पनि कहाँबाट कहाँ पुग्यो । फोन समाते । सिर्जनालाई फोन गरी सम्झाए । भेट्न बोलाए, ‘मिले अहिल्यै, नभए भोलि बिहानै’ भन्दै । सिर्जनाले ‘भोलि’ भनेपछि फोन काटेका प्रचण्डले प्रसिद्धलाई पनि सम्झाए, ‘अबदेखि यस्तो कुरा उज्यालैमा भन्नु है ।’
जनयुद्ध चलिरहँदा जनताले चिनेका मुख्य नाम- प्रचण्ड, बाबुरामपछि महरा । ती कृष्णबहादुर महरा आज ज्यानमात्रै जिउँदो राखेर बाँचेका छन् । कारक हुन् प्रचण्ड । उनी प्रधानमन्त्री भएकै बेला कपिलवस्तुको कुनै गाउँमा, सडकमा बेरियर राखेर, चोर समाते झैं समातेर काठमाडौं ल्याइए । के कृष्णबहादुर महराले जीवनमा त्यस्तो दिन आउला भनेर सोचका थिए होलान् ?
एउटा हजुरबुबा नातिप्रति यति समर्पित हुनु, उसका खुशीमा रमाउनु र दुःखमा रुनु- योभन्दा सुन्दर र भव्य वात्सल्य यो धर्तीमा के होला ? कतिले त्यस्तो वातावरण पाउँदा हुन् ?
अब प्रचण्डको निजी पीडा र परिवारका कुरा गरौं ।
उनको पार्टी र बेलाबेला आफूले सम्हाल्नुपर्ने मुलुक जति भद्रगोल छ, त्योभन्दा कैयौं गुणा बढी भद्रगोल र वियोगपूर्ण छ उनको घर । शान्ति प्रक्रियामा आएलगत्तै जेठी छोरी ज्ञानुको निधन भयो । सिक्किमका प्रधानसँग विवाह गरेकी कान्छीको घरबार शान्ति प्रक्रियामा आएपछि बिग्रियो । भूमिगतकालमा भारतमा रहँदा ‘साइबर क्याफे’ को लत बसेको थियो । काठमाडौं आएपछि पनि त्यो लत कायमै रह्यो । त्यसका निम्ति ठमेल जान्छिन् । त्यही भेटिएका जीवन आचार्यसँग आँखा जुध्यो, मन मिल्यो र नयाँ घरबार जोडियो । एकमात्र छोरा प्रकाशको पहिलो घरबार पनि यही समयमा बिग्रिएपछि सिर्जनासँग विवाहको कुरा चलेको हो । पछि एक विद्यार्थी नेताकी पत्नी वीनासँग विवाह गरे । वीना पनि विद्यार्थी नेता नै थिइन् । सिर्जनाबाट प्रसिद्ध र वीनाबाट प्रणवको जन्म भयो ।
प्रकाशको निधनले अर्को बज्रपात आइलाग्यो । त्यहीदेखि एकोहोरिएकी पत्नी सीताले ६ वर्षपछि प्राण त्यागिन् ।
सीता जीवित हुञ्जेल प्रचण्डको घरमा वीनाको रजगज चल्यो । परिवारसँग सिर्जनाको सम्बन्ध राम्रो हुने नै भयो, तर वीनाले सिर्जनाको उपस्थितिप्रति निरन्तर आपत्ति जनाउने गरिन् । यो कुरा मिलाउनुपर्ने प्रचण्डलाई कति मुस्किल परेको थियो, अनुमान गर्न सकिन्छ ।
सीताको मन दुखाउने छुट प्रचण्डसँग थिएन । त्यसैले वीनालाई कहिले मन्त्री बनाउनुप¥यो, कहिले सुदूरपश्चिम प्रदेशको सहइञ्चार्ज, अनि चुनावमा हार्छिन् भन्ने जान्दाजान्दै कञ्चनपुरबाटै टिकट पनि दिनुपर्यो ।
शान्ति प्रक्रियायता प्रचण्डले उठेको र जितेको चार वटा चुनावमा उनले आफ्नो निश्चित निर्वाचन क्षेत्र बनाउन सकेनन् । चुनावको मुखमुखमा आएर कहाँबाट छिर्के दाउ लगाउन सकिन्छ भनेरमात्रै हेरे । एक समयमा एक चुनाव जित्न एक ढंगको राजनीति खेल्ने, अर्को पालि अर्कै बाटो हेर्ने । राजनीतिमा खेलिने यस्ता अस्थायी खेललाई राजनीति भनिँदैन, जुवाको च्याँखे दाउमात्रै हुन्छ ।
कतिसम्म भने सुदूरपश्चिममा पार्टी नेतृत्व गर्दै आएका खगराज भट्टकी पत्नी तथा पार्टी केन्द्रीय सदस्य मञ्जु बम र सिर्जनाबीच राम्रो सम्बन्ध भएबापत भट्ट किनारा लगाइए । सिर्जनासँग मञ्जुको नियमित संवाद हुने कुरा वीनाले चाल पाएपछि सुदूरपश्चिमका पार्टी काम, प्रदेश सरकारसम्मबाट उनलाई भूमिकाविहीन बनाइन् ।
सीताको निधनपछि यो पारिवारिक ‘समीकरण’ फेरियो । बालुवाटारको भान्सामा सिर्जना र प्रचण्डको ओछ्यानमा प्रसिद्ध भेटिन थाले ।
कान्छी छोरी तथा स्वकीय सचिव गंगा र वीनाबीच अहिले पनि बोलचाल बन्द छ ।
आमा सीता जीवित हुँदासम्म दुबै बुहारीलाई ‘मिलाउनुपर्ने’ बाध्यतामा रेणु र गंगा हुन्थे । अहिले प्रसिद्ध नै बुबाको ‘बेड पार्टनर’ भएपछि त्यो बाध्यता रहेन । यद्यपि प्रचण्डका निम्ति बुहारी र तीबाट जन्मिएका सन्तान बराबर हुन्, त्यसैले समान सम्बन्ध राख्ने प्रयास गर्छन् । यति हुँदा पनि प्रचण्डको मनलाई सुख छैन, शान्ति पनि छैन । घरभित्रका पात्र हेर्दा उनी जहिल्यै बेचैन छन् । दुई छोरीका आँखामा तिनका आमाको झल्को आउने, नातिका आँखामा तिनका ‘बा’ को अनुहार झल्झली आउँछ ।
अब पार्टीको कुरा गरौं ।
घर जस्तै छ, पार्टीको पीडा पनि । घरका केही दुःख पार्टीमा, पार्टीका केही दुःख घरमा छन् ।
जनार्दन शर्माले पार्टी फुटाउँदैनन् भनेर सर्कुलरमा अक्षर बोल्ड गरेरै लेख्नुपर्ने दिन आयो । प्रधानमन्त्री हुँदा प्रमुख राजनीतिक सल्लाहकार बनाइएका उपमहासचिव हरिबोल गजुरेल आज प्रचण्डको साथमा छैनन् । दिएको राजीनामा स्वीकृत भएको छैन ।
जनयुद्ध चलिरहँदा जनताले चिनेका मुख्य नाम- प्रचण्ड, बाबुरामपछि महरा । ती कृष्णबहादुर महरा आज ज्यानमात्रै जिउँदो राखेर बाँचेका छन् । कारक हुन् प्रचण्ड । उनी प्रधानमन्त्री भएकै बेला कपिलवस्तुको कुनै गाउँमा, सडकमा बेरियर राखेर, चोर समाते झैं समातेर काठमाडौं ल्याइए । के कृष्णबहादुर महराले जीवनमा त्यस्तो दिन आउला भनेर सोचका थिए होलान् ?
राजनीतिमा प्रचण्डले जे-जे हेरे, त्यसले उनलाई विघटन वा विसर्जनतिर लग्यो । तसर्थ अरुले त्यस्तो बाटो फेरे । वैद्य, विप्लव, बाबुराम, महरा, जनार्दनदेखि हरिबोलसम्मले प्रचण्डले हेरेको बाटोलाई पत्याएनन् ।
जघन्य (हत्या) अभियोग लागेर पनि कालीबहादुर खाम (विविध) १५ वर्षसम्म प्रचण्डद्वारा जोगाइए । २०६४ चैत १४ गते कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको विभत्स हत्यामा कालीबहादुर संलग्न थिए । १५ वर्षसम्म जोगाइएका विविधले आफूलाई नै निशाना बनाएपछि गत चैतमा उनी पक्राउ परे, अहिले जेलमा छन् ।
प्रचण्ड राजनीतिको शुरुदेखि हेर्दै आउँदा मोहनविक्रम सिंहलाई पहिल्यै छिर्के लगाए । पछि मोहन वैद्य (किरण) सँग त्यस्तै गरे । जनयुद्ध शुरु गर्दा बाबुराम नेतृत्वको संयुक्त जनमोर्चाको पृष्ठभूमिबाट अगाडि बढे । युद्धमा गइसकेपछि ‘नमिलेर’ मात्रै बाबुराम मारिएनन् । यानप्रसाद गौतम (आलोक) त्यतै मारिए । शान्ति प्रक्रियामा आइसकेपछि बाबुराम, वैद्य, विप्लव जस्ता हस्तीले घोषित रुपमै साथ छाडे ।
शान्ति प्रक्रियायता प्रचण्डले उठेको र जितेको चारवटा चुनावमा उनले आफ्नो निश्चित निर्वाचन क्षेत्र बनाउन सकेनन् । चुनावको मुखमुखमा आएर कहाँबाट छिर्के दाउ लगाउन सकिन्छ भनेरमात्रै हेरे । एक समयमा एक चुनाव जित्न एक ढंगको राजनीति खेल्ने, अर्को पालि अर्कै बाटो हेर्ने । राजनीतिमा खेलिने यस्ता अस्थायी खेललाई राजनीति भनिँदैन, जुवाको च्याँखे दाउमात्रै हुन्छ ।
टाढा जानुपर्दैन । २०७९ को निर्वाचनमा बाबुरामको सदासयतामा गोरखा छाडियो । बाबुरामको पार्टी माओवादीकै चुनाव चिह्नमा निर्वाचनमा गयो । अहिले प्रचण्डलाई बाबुराम चाहिएन । बरु उनको पार्टी नै फुटाइदिए ।
अब प्रचण्डको चिन्ता छ, दुई पटक भरतपुर महानगरमा मेयर भएकी माइली छोरी रेणुलाई यसपछि के बनाउने ? अनगिन्ती सहयोद्धा सक्षम हुँदाहुँदै भाइ नारायण दाहाल राष्ट्रियसभाको अध्यक्ष बनाइए । कोशी प्रदेशमा मन्त्री पाइयो भने पहिलो नम्बरका दावेदार ज्वाइँ जीवन आचार्य नै हुन् । राजनीतिक रुपमा व्यवस्थापन गर्न बाँकी रहिन्, कान्छी छोरी गंगा । व्यवसायिक क्षेत्रमा त ‘चिकेन स्टेशन’ हरुमा लगानी गरेकै छन्, तर ‘स्टेशन’ फेराउनुपर्ने प्रचण्डको चाहना छ ।
बुहारीमध्ये वीनाको कष्ट सायद अब नउठाउलान् । हिजोका चुनावमा जिल्लाबाट सिफारिस हुँदा पनि ‘बुबालाई अप्ठेरो पर्ला, म उठ्दिनँ’ भन्ने बुहारी सिर्जनाजस्ता पारिवारिक सदस्य उनका अरु छैनन् । भक्तपुरमा घरजम गरेकी मितछोरी रेणु चन्द सुदूरपश्चिमबाट राष्ट्रियसभा सदस्य बनाइन् ।
यी हुन्, घरका दुःख पार्टीमा ल्याइएको ।
आफूभित्रै आफ्नो स्वीकार्यता गुमाएपछि अरुबाट त्यो स्वीकार्यता हासिल गर्ने कुरा प्रचण्डले हेरिरहेका छन्, तर अरुले प्रचण्डलाई त्यसरी हेरेका छैनन् । हिजो मोहनविक्रम सिंहलाई दिएको धोकादेखि आज जनार्दन शर्मा, हरिबोल गजुरेलहरुले खाएको धोकासम्मका परिघटनाका आधारमा प्रचण्डको समीक्षा हुन्छ, भइरहेको छ ।
यसको सार हो, मुलुकको मूलधार राजनीतिमा प्रचण्ड जे नाममा उदाए, अस्ताउँदा उनी परम्परागत कारणले अस्ताउँदैछन् । उनी गणतन्त्र, समावेशिता जस्ता राजनीतिक अध्यायका नेता थिए । व्यवहारतः त्यस्तो भएनन् । पार्टीमा सहयोद्धा, संगठकभन्दा आफन्त, परिवार, व्यापारीका पछाडि दौडिए । त्यसैले पार्टीभित्र उनको स्वीकार्यतामा ह्रास आयो ।
अरुले बाटो फेरे
राजनीतिमा प्रचण्डले जे-जे हेरे, त्यसले उनलाई विघटन वा विसर्जनतिर लग्यो । तसर्थ अरुले त्यस्तो बाटो फेरे । वैद्य, विप्लव, बाबुराम, महरा, जनार्दनदेखि हरिबोलसम्मले प्रचण्डले हेरेको बाटोलाई पत्याएनन् ।
भर्खरैको कुरा गरौं । असार १७ गते उनको सरकार ढल्ने निश्चित भयो । त्यसपछि फागुन २१ मा एमालेसँग मिलेर सरकार बनाइसकेपछिका दिनमा माधव नेपालहरुले खोज्दा पनि भेटिन छाडेका प्रचण्ड ओलीको धोका खाएर सरकारबाट हटेपछि माधव नेपालको पछि लाग्न थाले । त्यसबीचमा सुसुप्त भएको समाजवादी मोर्चा व्युँताएर प्रचण्डको राजनीतिक पसल चलाउनुपर्ने भयो । विप्लवहरु कतै न कतै मिलेर जानुपर्ने कार्यदिशाका साथ अगाडि बढे । उनलाई संयोजक बनाएर समाजवादी मोर्चा त चलिरहेको छ, तर प्रचण्डलाई चाहियो एकता ।
माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको आकार जत्रोसुकै होला, तर देशव्यापी रुपमा माओवादी केन्द्रको भन्दा बढी कमिटी छन् । कम्युनिष्ट पार्टी कमिटी प्रणालीबाट मात्रै अगाडि बढ्नसक्छ, तर प्रचण्डले शान्ति प्रक्रियामा आएर सत्तापछि सत्ताको अभ्यासमात्रै गरे, देशव्यापी रुपमा पार्टी कमिटी बनाउने, कमिटीहरु व्यवस्थापन गर्ने, नेतृत्वको विकास गर्ने जस्ता काम गरेनन् । आज उनलाई माधव नेपालका कमिटीहरुलाई माओवादी कमिटीका रुपमा रुपान्तरण गर्नुछ । आफ्नो दलभित्रको गिर्दो साखलाई माधव नेपाल र विप्लवहरुको सांगठनिक, राजनीतिक विरासतबाट पुर्ताल गर्नुछ ।
माधव नेपालको हकमा यदि उनले माओवादीसँग पार्टी एकता गरेछन् भने बहुसंख्यक नेता, कार्यकर्ता साथमा नजाने भए । त्यसैले आइतबार रुस प्रस्थान गर्नुपूर्व पंक्तिकारसँगको भेटमा माधवको भनाइ थियो, ‘समाजवादी मोर्चालाई बलियो बनाउनेमात्रै भनेको हो, अहिले माओवादीसँग एकता गर्ने कुरै छैन ।’
प्रचण्ड चाहिँ गिर्दो राजनीतिक साखलाई बचाउन बृहत् वामपन्थी एकताको राग अलाप्दैछ्न । आफूभित्रै आफ्नो स्वीकार्यता गुमाएपछि अरुबाट त्यो स्वीकार्यता हासिल गर्ने कुरा प्रचण्डले हेरिरहेका छन्, तर अरुले प्रचण्डलाई त्यसरी हेरेका छैनन् । हिजो मोहनविक्रम सिंहलाई दिएको धोकादेखि आज जनार्दन शर्मा, हरिबोल गजुरेलहरुले खाएको धोकासम्मका परिघटनाका आधारमा प्रचण्डको समीक्षा हुन्छ, भइरहेको छ ।
सारमा भन्नुपर्दा, नेपाली राजनीतिमा प्रचण्ड भनेको विघटनउन्मुख विरासत हो । यसको उत्थान अब सजिलो छैन ।
नाति प्रसिद्धको आँखाभित्र उनले देख्ने सुन्दर र विशाल ‘प्रकाश’ अब उनका निम्ति मृगतृष्णामात्र हो । त्यो प्रकाशको उज्यालो प्रचण्डका निम्ति लोभलाग्दो भएर के गर्नु, प्राप्ति सम्भव छैन । न युद्धकालका सहयात्री, न शान्तिकालका सारथि- कसैका विश्वास टिकाउन सकेनन् । तर, प्रचण्ड आफू इतरका वामपन्थीलाई मोर्चाका नाममा समेट्दै पुनरुथानको प्रयत्नमा छन् । उदाहरणका लागि माधव नेपाल, विप्लव, उपेन्द्र यादव, चित्रबहादुर केसीहरु । हिन्दी कहावतजस्तै- ‘नाच दिखाए बन्दर, माल खाए मदारी ।’ अरुलाई उफार्दै आफ्नो अभीष्ट पूरा गर्ने प्रचण्डको प्रयत्न हो । सफल हुने सम्भावना छैन ।
लेख तथ्यपरक छ (नजानिंदो रूपमा नेकपा (माकुने) तर्फ ढल्केको नै किम नहोस्?) पङ्तिकारको प्रचण्डको बेड सम्मको पहुँच चाहिं ताज्जुब लाग्ने बिषय लाग्यो । जे होस् प्रचण्ड आफ्नो अरिजिनल परिचय यान कि ‘छविलाल’ दाहाल मा फर्कने शंभावना चाहिं प्रवल नै छ।
किन*
अनि लेखक महोदय,
मदारी भन्ने त सुनिएको थियो तर यो मलारी भनेको अलि बुझिएन नि!
प्रचण्डले छाेरा, छाेरी नाति, नातिनिलाई माया गर्ने कुरा ठिक छ तर तिनै प्रचण्डकाे नेतृत्वमा चलेकाे “जनयुद्व” ले कति बाउ आमाले छाेरा छाेरी गुमाय, कतिका बाजेलबजैले नाति नातिना गुमाए, कतिलेलश्रीमा /श्रीमति गुमाय भन्ने कुराले नेपाली समाज पिराेली रहेकाे पाईन्छ ।