बङ्गलादेशका विद्यार्थी नेताले आन्दोलन अगाडि अमेरिकी र पाकिस्तानी गुप्तचरलाई भेटे : भारतीय गुप्तचर – Nepal Press

बङ्गलादेशका विद्यार्थी नेताले आन्दोलन अगाडि अमेरिकी र पाकिस्तानी गुप्तचरलाई भेटे : भारतीय गुप्तचर

काठमाडौं । बङ्गलादेशका आन्दोलन हाँक्ने विद्यार्थी नेताहरूले आन्दोलन अगाडि अमेरिकी गुप्तचर निकाय सिआईए र पाकिस्तानी गुप्तचर निकाय आईएस आईलाई भेटेको भारतीय गुप्तचर निकायलाई साभार गरेर भारतीय मिडियाले उल्लेख गरेको छ ।

ती विद्यार्थी नेताहरूले कतारको राजधानी दोहा, यूएईको सहर दुबई र पाकिस्तान पुगेर एक बर्स अगाडि भेट गरेको बताइएको छ । यो समाचार शेख हसिनापुत्र सजिब वाजेजले पनि साझा गरेका छन्।

सन २०२३ को अप्रिल र सेप्टेम्बरमा विदेशी गुप्तचर भेटेको बारेमा बङ्गलादेश गुप्तचर बेखबर थिए भने भारतीय गुप्तचर नि जानकार नभएको बताइएको छ ।

यस्तै कतारलाई प्रयोग गरेर अमेरिकीले विद्यार्थीलाई पैसा दिएको बताइएको छ ।

समाचारमा बङ्गलादेशी र भारतीय गुप्तचरले पाकिस्तानी र अमेरिकी भेटमा चासो नदिएको तर रुसी गुप्तचरले भने चासो दिएर सचेत गराएको पनि समाचारमा उल्लेख गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर