युवा संघ नेपालले काठमाडौंमा तीज विशेष कार्यक्रम गर्ने – Nepal Press

युवा संघ नेपालले काठमाडौंमा तीज विशेष कार्यक्रम गर्ने

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा तीज विशेष कार्यक्रम गर्ने भएको छ । भदौ १९ गते बुधवार कोटेश्वरमा कार्यक्रम आयोजना गरिएको युवा संघका प्रवक्ता निरोज पौडेलले बताएका छन् ।

समानता, सशक्तीकरण सहअस्तित्व उत्सवको रूपमा मनाउन लागिएको कार्यक्रममा नेपाल सरकारमा उच्च ओहदामा बसेको महिलाहरूलाई आमन्त्रण गरिएको छ।

साथमा विभिन्न खेलका महिला खेलाडी, विभिन्न राजनीतिक दलसँग आबद्ध महिलाकलाहरूलाई पनि आमन्त्रणा गरिएको आयोजकले जानकारी दिए ।

कार्यक्रम कोटेश्वरको ए वान पार्टी प्यालेसमा आयोजना गरिएको छ।

कार्यक्रममा राष्ट्रिय कलाकारहरूको बेजोड प्रस्तुति रहने बताइएको छ। गायिका अस्मिता अधिकारी, महेश काफ्ले, लक्ष्मी नेपाली, पूर्णकला बिसी, ममता थापामगर, कुलेन्द्र विकसहितको कलाकारले कार्यक्रममा प्रस्तुति दिने छन्।

बुधवार १२ बजेदेखि सुरु हुने कार्यक्रममा विभिन्न क्षेत्रका महिला दिदी बहिनीलाई निमन्त्रण गरिएको युवा संघका प्रवक्ता पौडेलले जानकारी दिए।

नेपाल सरकारका महिला कर्मचारी, प्रहरी, कलाकार, खेलाडी,पत्रकार, स्वास्थ्यकर्मी, महिला अधिकारकर्मी, पेसाकर्मी, विद्यार्थी, संघ संस्था, विभिन्न राजनैतिक दलसँग आबद्धता महिलालाई आमन्त्रण गरिएको छ।

विभिन्न दलका नेताहरूको पनि उपस्थिति रहने कार्यक्रममा भाषणको कुनै कार्यक्रम नराखिएको आयोजकले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर