ओलम्पिक पदक विजेता पलेसा भोलि नेपाल आइपुग्ने, नगर परिक्रमा गरिने
काठमाडौं । पेरिस पारा ओलम्पिक खेलकुदमा ऐतिहासिक कास्य पदक जितेकी पलेशा गोवर्धन बुधबार बिहान काठमाडौं आइपुग्ने भएकी छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि उनलाई नगर परिक्रमा गराइने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।
राखेपका अनुसार बिहान ८ बजे त्रिभुवन विमानस्थल ओर्लने पलेसासहितको नेपाली टीमलाई एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा पु¥याइनेछ ।
पलेसाले गत शुक्रबार राति कास्य जितेकी थिइन् । कुनै पनि किसिमको ओलम्पिक खेलकुदमा नेपालले जितेको यो पहिलो पदक हो । सरकारको पुरस्कारसम्बन्धी नियमावलीअनुसार पलेसाले ६५ लाख रुपैयाँ प्राप्त गर्ने पक्का भइसकेको छ ।