पानी उद्योगी, ढुवानीकर्ता र वितरकका लागि सर्त तोकियो, सादा बिल प्रयोग नगर्न सचेत – Nepal Press

पानी उद्योगी, ढुवानीकर्ता र वितरकका लागि सर्त तोकियो, सादा बिल प्रयोग नगर्न सचेत

काठमाडौं । सरकारले पानी उद्योगी, ढुवानीकर्ता र वितरकका लागि सर्त तोकेको छ । पानीको बिक्री वितरणलाई प्रभावकारी बनाई सुपथ मूल्यमा गुणस्तरीय पानी उपभोक्तासमक्ष उपलब्ध गराउन सर्त तोकिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रेस विज्ञप्ती जारी गर्दै जानकारी गराएको हो ।

विभागले तोकिएका सर्त पालना भए नभएको बारे विभागबाट अनुगमन तथा निरीक्षण हुने र सर्तको उल्लंघन गरेको पाइए कानून बमोजिम कारबाही हुने समेत जानकारी दिएको विभागका निर्देशक एवम सूचना अधिकारी राकेश पाण्डेले जानकारी दिए । उनका अनुसार सरकारले पानी उद्योगी र ढुवानीकर्ताबीच अनिवार्य सम्झौता गरी खरिद तथा बिक्री बिल जारी गर्न सर्त तोकेको हो ।

विभागले ढुवानीकर्ताले खुद्रा विक्रेतालाई समेत अनिवार्य बिल दिनु पर्ने र सादा बिल प्रयोग नगर्न समेत सचेत गराएको छ । बिल बिजक जारी नगरी पानीको कुनै पनि कारोबार नगर्न विभागले सचेत गराएको हो ।

बजार तथा बोटल पानी प्रचलित कानुन बमोजिम लेबलमा उल्लेख गर्नुपर्ने विषय एम्बुसिङ प्रिन्टरस्प्रे प्रिन्टर अन्य विधिमार्फत अनिवार्य उल्लेख गर्नुपर्ने सर्त समेत तोकिएको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर