चालू आवमै किसान सूचीकरण सक्नेगरी काम हुन्छ: मन्त्री अधिकारी – Nepal Press

चालू आवमै किसान सूचीकरण सक्नेगरी काम हुन्छ: मन्त्री अधिकारी

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले चालू आर्थिक वर्षमै किसान सूचीकरण सक्नेगरी काम गरिने बताएका छन् ।

मन्त्रालयअन्तर्गतको विषयगत समितिको बैठकलाई मंगलबार सम्बोधन गर्दै उनले किसान सूचीकरण सकी परिचयपत्र पनि वितरण गरिने प्रतिबद्धता जनाएका हुन् ।

किसान सूचीकरणलाई सहयोग गर्न मन्त्री अधिकारीले सातै प्रदेशका कृषिमन्त्री र ७५३ वटै स्थानीय तहलाई आग्रह गरे ।

‘कृषिमा दिइने अनुदानलाई प्रदेश र स्थानीय तहसँग समन्वय गरी व्यवस्थित गरिन्छ, कृषि लगानी दशकमा के के गर्ने भन्ने मन्त्रालयले चाँडै सार्वजनिक गर्छ, कृषिमा तीनै तहसँगै जानुपर्छ’, उनले भने ।

बीउबिजन ऐन २०४५ हालै संशोधन भएकाले त्यसअनुरुपको नियमावली आउन लागेको जानकारी पनि मन्त्री अधिकारीले गराए ।

रासायनिक मल वितरणसम्बन्धी निर्देशिका संशोधन गर्न लागिएको बताउँदै मन्त्री अधिकारीले बाली लगाएका स्थानमा बाँदरले दुःख दिने क्रम देशभर फैलिएकाले यो समस्या समाधानमा पनि मन्त्रालयले काम गर्ने प्रतिबद्धता जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर