ओलम्पिक पदक विजेता पलेशाको विमानस्थलमा भव्य स्वागत (तस्बिरहरू / भिडिओ) – Nepal Press

ओलम्पिक पदक विजेता पलेशाको विमानस्थलमा भव्य स्वागत (तस्बिरहरू / भिडिओ)

काठमाडौं । पेरिस पारा ओलम्पिक खेलकुदमा ऐतिहासिक कास्य पदक जितेकी पलेशा गोवर्धनको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

केही बेरअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी गोवर्धनलाई स्वागत गर्न हजारौँ समर्थकहरू विमानस्थल पुगेका थिए ।

अहिले पलेशसहितको नेपाली टीमलाई एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा पुर्‍याइनेछ ।

पलेसाले गत शुक्रवार राति कास्य जितेकी थिइन् । कुनै पनि किसिमको ओलम्पिक खेलकुदमा नेपालले जितेको यो पहिलो पदक हो । सरकारको पुरस्कारसम्बन्धी नियमावलीअनुसार पलेसाले ६५ लाख रुपैयाँ प्राप्त गर्ने पक्का भइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *