नाबालिग दिदीबहिनी मृत प्रकरण : फेला परिन् आमा
विराटनगर । चार दिन अघि मृत नावालिग छोरीहरूलाई छाडेर बेपत्ता भएकी अस्मिता न्यौपाने बिर्तामोडमा फेला परेकी छन् ।
आमा बेपत्ता हुँदा आमाले नै छोरीहरूलाई विष खुवाएर हिँडेको आशङ्का गरिएको थियो ।
मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित केरा बगानभित्र २ नावालिग मृत फेला परेका थिए ।
नावालिग मृत फेला परेको ५ दिनपछि आमा अस्वस्थ अवस्थामा बिर्तामोडमा फेला परेको मोरङ प्रहरीले जनाएको छ ।
शारीरिक हिसाबले कमजोर अवस्थामा भेटिएकी अस्मिताको विराटनगर स्थित कोशी अस्पतालमा उपचार सुरु गरिएको प्रहरीले जनाएको छ ।
घरमा श्रीमानसँग विवाद भएपछि आमा अस्मिताले सँगै लिएर गएको भनिएका २ नाबालिग छोरी गत शनिवार दिउँसो मृत फेला परेका थिए ।
अस्मिता सुन्दरहरैँचा–७ मा श्रीमान् अर्जुन कार्कीसँग बस्दै आएकी थिइन् ।
कार्कीका नाबालिगहरु छोरीहरू १ वर्षीय आइका र ३ वर्षीय अर्पणा कार्की स्थानीय नारायण न्यौपानेको केरा घारीभित्र मृत फेला परेका थिए ।