लुम्बिनी प्रदेशसभाको २९ औँ बैठक सूचनामार्फत भदौ २६ मा सारियो – Nepal Press

लुम्बिनी प्रदेशसभाको २९ औँ बैठक सूचनामार्फत भदौ २६ मा सारियो

रूपन्देही । लुम्बिनी प्रदेशसभाको आगामी बैठक भदौ २६ गते बुधवार बस्ने भएको छ । प्रदेशसभाको आगामी बैठक भदौ २३ गते बस्ने पूर्व जानकारी गराइएको थियो । तर, अन्तिम समयमा आएर बैठकको मिति सारिएको छ ।

लुम्बिनी प्रदेशसभा चौथो अधिवेशनको २९ औँ बैठक भदौ २६ गते बस्ने तय भएको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए । बैठक दिउँसो एक बजेका लागि बोलाइएको छ ।

बैठकले प्रदेश विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि विषयगत समितिमा पठाउने, स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकलाई निर्णययार्थ प्रस्तुत गर्न सक्नेसम्मका सम्भावित कार्यसूची तय भएको जनाइएको छ ।

यसअघिको बैठकमा स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको प्रतिवेदन सहितको विधेयक सभामा पेश भएको थियो ।

प्रतिवेदनसहितको विधेयक पास गर्ने तयारी गरिए पनि विधेयक पुनः प्रदेश मामिला तथा कानुन समितिमा पठाइएको थियो ।

प्रदेशसभाबाट पास हुनुपर्ने तर, अझैसम्म सदनले पास नगर्दा कर्मचारीको वृत्ति विकासमा असर परेको भन्दै दिनहुँ ज्ञापन पत्र बुझाउने, सरकारका प्रमुख तथा प्रदेश सभाका अधिकारीहरूलाई ध्यानाकर्षण गराउने काम चलिरहेको छ ।

प्रदेश सरकारले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकको संशोधन प्रस्ताव समेत सदनमा लैजाने तयारी गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर