निजामती विधेयकमा ६ महिनापछि छलफल सुरू
नेपाल प्रेस
२०८१ भदौ २० गते १२:३३
काठमाडौं । संसदमा पेश भएको ६ महिनापछि संघीय निजामती सेवा विधेयकमाथि सैद्धान्तिक छलफल सुरू भएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा बिहीबारदेखि विधेयकमा छलफल सुरू भएको हो ।
बहुप्रतिक्षित निजामती विधेयक २०८० फागुन २१ गते संघीय संसदमा दर्ता भएको थियो ।
समिति सभापति रामहरी खतिवडाले आज विधेयकमाथि सैद्धान्तिक छलफल हुने जानकारी गराए । विधेयकमाथिको सैद्धान्तिक छलफलको पहिलो दिन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, मुख्यसचिव एकनारायण अर्याललगायत आमन्त्रितरूपमा उपस्थित छन् । सैद्धान्तिक छलफल सकेर संशोधनकर्ता सांसदहरूसँग छलफल हुनेछ ।
प्रतिक्रिया
One thought on “निजामती विधेयकमा ६ महिनापछि छलफल सुरू”
Leave a Reply
सम्बन्धित खवर
छिटो पास गर । समितिमा पैसा खाएर अड्काएको आरोप छ ।आरोप सत्य होईन भने विधेयक माथि घनिभूत छलफल गरेर संसदमा छिटो पठाउ । अनि पखालिन्छ आरोप । नभए सत्य सावित हुन्छ । ढिला भएको देख्दा त पैसा खाएको होला जस्तो त छ ।