आक्रमणको धम्कीपछि भारतीय यात्रुवाहक विमान टर्कीमा आपत्कालीन अवतरण
नेपाल प्रेस
२०८१ भदौ २२ गते १०:३७
काठमाडौं । मुम्बईबाट जर्मनीकाे फ्रान्कफर्ट जाँदै गरेको एयर भिस्टारा यात्रु विमानले बमको धम्कीपछि शुक्रवार पूर्वी टर्कीमा आपत्कालीन अवतरण गरेको छ ।
२४७ यात्रु र चालक दलका सदस्य बोकेको विमान एर्जुरम विमानस्थलमा अवतरण गरेको थियो । धम्की दिनेको खोजी भइरहेको विश्व च्यानल डिडब्लूले उल्लेख गरेको छ ।
भारतको टाटा समूह र सिंगापुर एयरलाइन्सको संयुक्त उद्यम विस्ताराले यस घटनाबारे कुनै टिप्पणी गरेको छैन । टर्कीका अधिकारीहरूले अहिलेसम्म बमको खतरा वा चेतावनीबारे विस्तृत विवरण दिएका छैनन् ।
प्रतिक्रिया