नेवानीका अध्यक्षले बुझाए स्पष्टीकरणको जवाफ- जहाज थन्किनुमा देखाए क्यानको दोष – Nepal Press

नेवानीका अध्यक्षले बुझाए स्पष्टीकरणको जवाफ- जहाज थन्किनुमा देखाए क्यानको दोष

काठमाडौ । नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीले २९ पेज लामो जवाफ सरकारलाई पठाएका छन् । यही भदौ १२ गते सरकारले उनलाई सोधेको स्पष्टीकरणको जवाफ अधिकारीले १९ गते पठाएका हुन् ।

चाडपर्वको मुखमा निगमका सबै विमान ‘ग्राउन्डेड’ भएपछि सरकारले उनलाई स्पष्टीकरण सोधेको थियो । निगमका पूर्वकर्मचारी समेत रहेका अधिकारी अध्यक्ष भएपछि संस्था झन् धराशायी भएको आरोप छ । यस्तै उडानमा रहेका अन्तर्राष्ट्रिय विमानमध्ये तीन ग्राउन्डेड र आन्तरिक उडानमा रहेका दुईमध्ये एक समेत थन्किएको भन्दै सरकाले कारबाही किन नगर्ने भनेर अधिकारीलाई स्पष्टीकरण सोधेको थियो ।

अधिकारीले जहाजहरु मर्मतका लागि भरपूर प्रयास भएको र अध्यक्षको हैसियतमा सोही अनुसार निर्देशन दिएको लेखेका छन् । उनले समयमै जहाज मर्मत हुन नसक्नुमा नागरिक उड्डयन प्राधिकरणलाई दोष देखाएका छन् । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा समेत अधिकारीलाई पदबाट हटाउनुपर्ने दबाब बढेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर