मधेश प्रदेशका नेता कार्यकर्तालाई अनुशासन पढाउँदै एमाले – Nepal Press

मधेश प्रदेशका नेता कार्यकर्तालाई अनुशासन पढाउँदै एमाले

काठमाडौं । नेकपा एमालेले मधेश प्रदेशका नेता कार्यकार्तालाइ अनुशासनको प्रशिक्षण दिएको छ ।

एमाले केन्द्रीय अनुशासन आयोगले यस अघि छ वटा प्रदेशमा प्रशिक्षण गरिसकेको छ । आइतबार मात्रै मधेश प्रदेशको बर्दिबाशसमा प्रशिक्षण आयोजना गरिएको हो । एमाले केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशब बडालले पार्टी, संगठन, नेतृत्व र अनुशासनका बारेमा प्रशिक्षण दिएका थिइ ।

त्यसैगरी, अनुशासन आयोगका सचिव प्रा.डा.भरत पहारीले पार्टीका नेता कार्यकर्ताले पालन गर्नुपर्ने अनुशासन र आचारसंहिताका बारेमा प्रशिक्षण दिएका थिए भने नेकपा एमाले मधेश प्रदेश कमिटीका सचिव मनोज पौडेलले जानकारी दिए ।

प्रशिक्षणमा पार्टी केन्द्रीय कमिटी सदस्यहरू, केन्द्रीय निकायका सदस्यहरू, प्रतिनिधिसभा तथा प्रदेश सभाका सदस्यहरू, पार्टी प्रदेश कमिटीका सदस्यहरू प्रदेश लेखा आयोगका सदस्यहरू, आठ ओटै जिल्लाका अध्यक्षहरुको सहभागिता रहेको प्रदेश कमिटीका सचिव पौडेलले बताए ।

प्रशिक्षण कार्यक्रममा स्थायी कमिटी सदस्य तथा मधेश प्रदेशका इन्चार्ज लिलानाथ श्रेष्ठ, पोलिटब्यूरो सदस्यहरू पुरुषोत्तम पौडेल, सुमनराज प्याकुरेल, रामदयाल मण्डल, ज्वाला कुमारी साह, अच्युत मैनाली सघिय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालगायतको उपस्थिति रहेको थियो ।

केशव बडालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण प्रदेश सचिब मनोज पौडेलले र स्वागत प्रदेश अध्यक्ष चन्देश्वर मण्डलले गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर