डोटीमा तीन दिन मनाइयो निजामती सेवा दिवस – Nepal Press

डोटीमा तीन दिन मनाइयो निजामती सेवा दिवस

डोटी । २१ औं निजामती सेवा दिवस डोटीमा विभिन्न कार्यक्रम गरी तीन दिनसम्म मनाइएको छ ।

‘व्यावसायिक र सिर्जनशील प्रशासन ः विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ मनाईएको निजामती सेवा दिवसको कर्मचारीहरुबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता, विभिन्न स्थानको सरसफाई कार्यक्रम र बिरामीलाई फलफुल बितरण र कर्मचारीहरुबीच अन्तरक्रिया कार्यक्रम गरिएको डोटीका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले जानकारी दिए ।

शुक्रवार जिल्लास्थित सबै सरकारी कार्यालयहरूले आफ्नो कार्यालय परिसर सरसफाई गरेका थिए । सोही दिन जिल्ला सदरमुकाममा रहेको जिल्ला प्रहरी कार्यालयको गेटदेखि शैलेश्वरी मन्दिरसम्म बृहत् सरसफाइ गरिएको उपाध्यायले वताए । उनले भने ‘शुक्रवारै निजामती कर्मचारीबिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको थियो ।’

दोस्रो दिन शनिवार बिहान प्रभातफेरीसंगै जिल्ला अस्पताल डोटीमा उपचाररत बिरामीहरुलाई फलफुल बितरण गर्ने कार्य भएको थियो । सोही अवसरमा निजामति कर्मचारीहरुबीच अन्तरक्रिया कार्यक्रमको भएको सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले वताए । अन्तरक्रिया कार्यक्रममा जेष्ठ कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।

आइृतवारका लागि प्रत्येक कार्यालयले आ–आफ्नो कार्यालयका जेष्ठ निजामति कर्मचारीहरुलाई समान्न गर्ने कार्यक्रम तय भएको थियो । तर सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदाको अटवारी पर्वमा बिदा दिएका कारण उक्त कार्यक्रम सोमवारका लागि सरेको उपाध्यायले जानकारी दिए ।

सोमवारै कार्यालयमा सेवा लिन आउने पहिलो सेवाग्राहीलाई स्वागत गरेर सेवा सुचारु गरिने उनले वताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर