पूर्वशिक्षामन्त्री सुमनाको प्रश्न- ओली शासनलाई इतिहासले कसरी हेर्छ ? (भिडिओ) – Nepal Press

पूर्वशिक्षामन्त्री सुमनाको प्रश्न- ओली शासनलाई इतिहासले कसरी हेर्छ ? (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आक्रोश पोखेकी छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै विश्वविद्यालयमा पठनपाठन कम र पार्टीहरूको पार्टी प्यालेस हुन थालेको बताइन् ।

पूर्वशिक्षामन्त्री समेत रहेकी श्रेष्ठले भनिन्, ‘एउटा प्रधानमन्त्रीकोे पार्टी, एउटा गृहमन्त्रीको पार्टी दुई विद्यार्थी संगठनको लडाइमा हुन्छन्, पढ्छु भन्ने विद्यार्थी लडाइले पढ्न पनि पाएनन् । राणा शासनमा एउटा विद्यालय खोलेको भन्छन्, ओली शासनलाई इतिहासले कसरी हेर्छ ।’

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा परीक्षा नभएको ११ दिन भएको तथा एक हजार ४ सय विद्यार्थी समस्यामा परेको उनको भनाइ छ । उनले प्रधानमन्त्रीकै कारणले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार हुने भनिएको दीक्षान्त समारोह रोकिएकोमा जिकिर गरिन् ।

उनले भनिन्, ‘विश्व विद्यालयमा पठनपाठन ठप्प छ । अब चार वर्षमा सकिने ब्याचलर कति वर्ष लाग्ने हो ? पठन पाठन कम र पार्टीहरुको गतिविधि बढि हुन थाल्यो । गठबन्धनका विद्यार्थी संगठनको लडाइँका कारण पढ्छु मात्र भन्ने विद्यार्थीहरूले जाँच पनि दिन नपाउने ?’


प्रतिक्रिया

One thought on “पूर्वशिक्षामन्त्री सुमनाको प्रश्न- ओली शासनलाई इतिहासले कसरी हेर्छ ? (भिडिओ)

  1. विदेशीने निर्णय गरिसकेकाले किन चिच्याएको ? मन्त्री पद खुस्किएकाले वैना लिएको फिर्ता गर्नुपरेको त हैन होला नि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर