भदौको २१ दिनमा बैंकहरुले २९ अर्ब कर्जा प्रवाह गरे – Nepal Press

भदौको २१ दिनमा बैंकहरुले २९ अर्ब कर्जा प्रवाह गरे

काठमाडौं । वाणिज्य बैंकहरुबाट एक सातामै ५ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ ।

भदौ लागेयता (२१ दिनमा) भने २९ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको नेपाल बैंकर्स संघले जनाएको छ । चालू आर्थिक वर्षको (२०८१/८२) साउनमा २ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो भने भदौ २१ दिनमा २९ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको देखिन्छ ।

साउन मसान्तसम्मकुल कर्जा प्रवाह ४५ खर्ब ७३ अर्ब रुपैयाँ थियो । भदौ २१ गतेसम्म आइपुग्दा कर्जा प्रवाह ४६ खर्ब २ अर्ब रुपैयाँ पुगेको छ ।

भदौको २१ दिनमा भने बैंकहरुले ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । यस्तै, साउनमा ३९ अर्बले निक्षेप घटेको देखिन्छ । बैंकहरुको सिडि रेसियो ७८.७८ प्रतिशत छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर