बेकोको दशैँ तिहार लक्षित योजना : ४१ हजार ४०० रुपैयाँसम्म छुट
काठमाडौं । युरोपको टप ३ घरायसी उपकरण ब्राण्ड बेकोले दशैं तिहारमा ’ब्रिङ होम ह्याप्पिनेस’ योजना सार्वजनिक गरेको छ ।
यस योजना अन्तर्गत बेको को घरायसी सामान खरिद गर्दा ४१ हजार ४०० रुपैयाँसम्मको आकर्षक छुट को साथै हात खाली नजाने उपहारहरु ल्याएको छ ।
बेको को वाशिंग मेसिनको खरिद मा ६ के. जी . डिटरजेंट, डिसवासरको खरिदमा फोरचुन टयावलेट, साइड बाइ साइड रेफ्रीजेरेटर र सिंगल डोर रेफ्रीजेरेटरको खरिदमा आकर्षक छुट, डबल डोर रेफ्रीजेरेटरको खरिदमा भ्याकुम फ्लास्क, फ्री स्टनडिंग ओवेनको खरिद मा प्रेसर कुकर र ए. सि. को खरिदमा निःशुल्क जडान को सुबिधा ल्याएको छ ।
बेको युरोपको न. १ ब्राण्ड रहेको छ, साथै बेको संसार भरि १४० भन्दा बढी देशमा आफ्नो उपकरणहरु बिक्रि वितरण गर्दै आएको छ ।
नेपालमा चौधरी ग्रुपले बिगत केही वर्षदेखि नेपालको लागि अधिकारिक बिक्री तथा वितरण गरिरहेको बेकोको घरायसी समानहरुमा १०० प्रतिशत पार्ट्स उपलब्ध गराउनुको साथै सर्विस ग्यारणटी पनि निश्चित गरेको छ ।