निषेधित क्षेत्रमा अनसन बसेका कोशीका पूर्व मुख्यमन्त्रीलाई हटाउन खोज्दा झडप
विराटनगर । निषेधित क्षेत्रमा आमरण अनशन बसेको भन्दै प्रहरीले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई प्रहरीले पक्राउ गरि अनसन स्थलबाट हटाउन खोज्दा झडप भएको छ ।
आफू नेतृत्वको सरकारले शुरु गरेको योजना काटेको भन्दै कार्की आमरण अनशनमा आज ४ बजेबाट बसेका थिए । प्रदेश सभा अगाडि बनस्खण्डी मन्दिर छेउमा अनशन बसेका कार्कीलाई प्रहरीले बल प्रयोग गरेर अनसन स्थलबाट हटाउन खोज्दा प्रहरीसङ दोहोरो झडप भएको छ ।
उनी आमरण अनसशनमा बस्ने थाहा पाएपछि जिल्ला प्रशासनले आजै प्रदेश सभा आसपास निषेधाज्ञा जारी गरेको थियो । यस अघि पनि संवेदनशिल क्षेत्रको रुपमा लिँदै सो क्षेत्रमा प्रशासनले निषेधाज्ञा लगाँउदै आएको थियो ।