पूर्वमुख्यमन्त्री केदार कार्की प्रहरी नियन्त्रणमा
नेपाल प्रेस
२०८१ भदौ २५ गते २०:१४
विराटनगर । निषेधित क्षेत्रमा अनसन बसेका कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई प्रदेश सभा अगाडि उनी अनशन बसेकै स्थलबाट पक्राउ गरेको हो । अहिले सुरक्षाकर्मी र केदार समर्थकबीच दोहोरो झडप भएको छ ।
झडपपछि कार्की र उनका केही समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएकाहरुको संख्या यकिन छैन । झडपमा परेर केही अनशनकारी र प्रहरी घाइते भएका छन् । घाइतेहरुको संख्या पनि यकिन छैन ।
प्रतिक्रिया
One thought on “पूर्वमुख्यमन्त्री केदार कार्की प्रहरी नियन्त्रणमा”
Leave a Reply
सम्बन्धित खवर
फटाहा रहेछ यो मान्छे त ।