धितोपत्र बोर्डले रोक्यो सानिमा लार्ज क्याप फण्डको लाभांश
नेपाल प्रेस
२०८१ भदौ २६ गते १०:४८
काठमाडौं। नेपाल धितोपत्र बोर्डले सानिमा लार्ज क्याप फण्डको लाभांश रोकेको छ ।
बोर्डले उक्त प्रतिफल रोक्न निर्देशन दिएको छ । सानिमा बैंक बोष प्रवर्द्धक तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सानिमा म्युचुअल फण्डद्वारा सञ्चालित सानिमा लार्ज क्याप फण्डले आजै बुक क्लोज गर्न समेत सूचना जारी गरेको थियो ।
तर मङ्गलवार साढे ४ बजे बोर्डले उक्त लाभांश वितरण नगर्न भन्दै पत्राचार गरेको थियो । फण्डले इकाईधनीलाई १० प्रतिशत प्रतिफल दिने घोषणा गरेको थियो ।
बोर्डको पत्रसँगै हाललाई उक्त लाभांश रोकिएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर