असोज १३ देखि दशैंको लागि सुकिला नोट साट्न पाइने, कहाँ कहाँ बाट पाइन्छ ? – Nepal Press

असोज १३ देखि दशैंको लागि सुकिला नोट साट्न पाइने, कहाँ कहाँ बाट पाइन्छ ?

काठमाडौ । यसपटकको दशैंको लागि असोज १३ गतेदेखि सुकिला नोट साट्न पाइने भएको छ ।

बैंकको मुद्रा व्यवस्थापन विभाग, बैकिङ विभाग, प्रादेशिक कार्यालयबाट नोट साट्न पाइने छ । तर यसपटक नयाँ नोट भने साट्न नपाइने नेपाल राष्ट्र बैंकले जनाएको छ । नयाँको सट्टा सुकिला नोट साट्ने गरी राष्ट्र बैंकले तयारी गरेको छ ।

असोज २२ गतेसम्म नयाँ नोट साट्न पाइने राष्ट्र बैंकले जनाएको छ । विराटनगर, जनकपुर, विरगंज, पोखरा, सिद्धार्थ नगर, नेपाल गंज र धनगढीको प्रादेशिक कार्यालयबाट नयाँ नोट साट्न पाइनेछ ।

एक व्यक्तिले ५ देखि एक सय सम्मका साना दरका नोट एक एक प्याकेटका दरले १८ हजार ५ सय रुपैयाँ पाउने सहायक प्रवक्ता डा.डिल्लिराम पोखरेलले बताए ।

यद्यपि आफ्नो खाता रहेको बैंकबाट साट्नुपर्ने नोटमा भने सीमा छैन । यसपटक नयाँ नोट नभएकाले कम कममात्रले नोटसटहीको लागि आउने अनुमान राष्ट्र बैंकले गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *