स्वास्थ्य मन्त्रालयले तोक्यो खाजा खाने समय दिउँसो साढे १ देखि २ बजेसम्म
नेपाल प्रेस
२०८१ भदौ २७ गते ८:४०
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालय सहित मन्त्रालय मातहतका सबै निकायका लागि दिउसो खाजा खाने समय साढे एक घण्टा तोकेको छ ।
मन्त्रालये मन्त्रिपरिषद्को गत पुस १२ को निर्णय अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्राचार अनुसार उक्त निर्णय कार्यान्वयन गर्नका लागि मन्त्रालय मातहतका सबै निकायलाई परिपत्र गरेको हो ।
गत माघ २९ मा राजपत्रमा प्रकाशित गृह मन्त्रालयको सूचना अनुसार खाजा खाने समय दिउसो साढे १ देखि २ बजेसम्मका लागि तोकिएको भन्दै अन्य समयमा सेवा प्रवाह र कार्यालयको काम नरोक्ने व्यवस्था मिलाउन मातहतका निकायलाई निर्देशन दिएको हो ।
प्रतिक्रिया