तोलामा एक सयले घट्यो सुनको मूल्य
नेपाल प्रेस
२०८१ भदौ २७ गते १२:०६
काठमाडौं । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु एक सयले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधवार प्रतितोला रु एक लाख ५३ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५३ हजार तीन सय निर्धारण भएको छ ।
बुधवार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेर कीर्तिमान कायम गरेको थियो ।
यस्तै चाँदीको मूल्य तोलामा रु १५ ले बढेको छ ।
बुधवार प्रतितोला रु एक हजार सात सय ८० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार सात सय ९५ निर्धारण भएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर