नेपाल बैंकले सञ्चालनमा ल्यायाे नगद निक्षेप मेसिन
काठमाडाैं । नेपाल बैंक लिमिटेडले नगद निक्षेप मेसिन सञ्चालनमा ल्याएकाे छ ।
ग्राहकलाई सधैं नवीनतम डिजिटल र्बैकिङ सेवा प्रदान गर्ने नेपाल बैंकको ध्येय स्वरुप नेपाल बैंकले न्यूरोड , धर्मपथ, काठमाडौंमा रहेको आफ्नो शाखा काठमाडौं बैंकिङ अफिसमा पहिलो नगद निक्षेप मेसिन एक कार्यक्रममा उद्घाटन गरी सञ्चालनमा ल्याएको छ ।
सो नगद निक्षेप मेसिनको समुद्घाटन गर्दै यस बैंकले ग्राहक सेवालाई थप प्रभावकारी तथा डिजिटल मैत्री बनाउदै अत्याध७३घढसनिक बैंकिङ सेवा विस्तार गरिँदै लगिने जनाएकोछ ।
नयाँ जडान गरिएको मेसिनमा रियल टाइम नगद जम्मा गर्ने सुविधा भएकोले ग्राहकवर्गलाई क्यास काउन्टरबाट मात्र नगद जम्मा गनुपर्ने बाध्यता हटेको छ ।
हाल बैंकले आफ्नो २२९ शाखा, ५९ एक्टेन्सन काउण्टर र २०४ एटिएम काउण्टरबाट सेवा प्रदान गरिरहेकोछ ।