प्रधानमन्त्रीको सुझाव- बालबालिकाको अगाडि झूटो नबोल्नस्, गाली नगर्नुस्
नेपाल प्रेस
२०८१ भदौ २९ गते १७:१०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आर्थिक अवस्था राम्रो नभएको बताएका छन्। बाल दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्राथमिकताको साथ बालबालिकाको क्षेत्रमा लगानी कम हुने नदिने बताए।
उनले सडकमा भएका बालबालिकाको जिम्मेवारी सरकारले लिने बताए। उनले अभिभावकहरुलाई बालबालिकाहरुलाई हप्काउने, गाली गर्ने काम नगर्न सुझाए।
उनले थपे, ‘तपाईंहरुले बालबालिकाको अगाडि झूटो नबोल्नुहोला। नबुझिकन बालकले त जे पनि गर्छ नि।’
प्रतिक्रिया