दुईवटा गाडी ठोक्किएर साइकल चालकलाई ठक्कर दिँदा साइकल चालकको मृत्यु
चितवन । नारायणगढ मुग्लिन सडक खण्डको भरतपुर १, पानी ट्याङ्की ओरालोमा दुईवटा बस ठोकिएर साइकललाई पनि ठक्कर दिँदा साइकल चालकको मृत्यु भएको छ ।
चितवनका प्रहरी प्रवक्ता डिएसपी भेषराज रिजालका अनुसार आज दिउँसो ४ बजेर २० मिनेट जाँदा मुग्लिनबाट आँपटारी आउँदै गरेको बा।प्र। ०१–०२६ च ५५१९ नम्बरको योद्धा गाडीले नारायणगढबाट मुग्लिनतर्फ गइरहेको ग २ ख ८५५ न।को बसलाई ठक्कर दिई अनियन्त्रित हुँदा साइकल यात्रीलाई ठक्कर दिन पुगेको थियो ।
ठक्करबाट भरतपुर १ रामननगर घर भएका ६४ वर्षीया राम थापाको निधन भएको हो ।दुर्घटनाको कारण गम्भीर घाइते थापालाई थप उपचारको लागि भरतपुर अस्पताल ल्याइएको थियो ।
तर, अस्पतालमा उपचार अघि बढाउन नपाउँदै थापाको ज्यान गएको चिकित्सकलाई उद्धृत गर्दै डिएसपी रिजालले जानकारी दिए । उनका अनुसार दुबै गाडी र चालक प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।