माओवादीलाई एमालेको प्रश्न- सदनमा कसको रुलिङ मान्ने ? (भिडिओ)
महेश बर्तौला भन्छन्- उपसभामुखबारे सत्ता पक्षमा छलफलसम्म भएको छैन, रास्वपाले नै फायर खोलेको हो
काठमाडौं । नेकपा एमालेले नियमापत्तिउपरको निर्णय अधिकार सभामुखको भएको भन्दै माओवादीले अनावश्यक बखेडा झिकेर गिजोल्न खोजेको टिप्पणी गरेको छ ।
सदन खुलाउने विषयमा सचेतक र सभामुखबीच भएको बैठकबाट निस्कँदै एमाले प्रमुख सचेतक महेश बर्तौलाले सभामुखको रुलिङ हरेक सांसदले मान्नुपर्ने बताए ।
‘सभामुखको रुलिङ मान्नु हरेक सांसद कर्तव्य हुन्छ । नियमापत्तिउपर निर्णय गर्ने अधिकार सभामुखको हो । तर, निर्णयको खिलाफमा माओवादीले अवरुद्ध गर्ने भन्यो । यो बेठीक छ । सभामुखले गरेको रुलिङ नमान्ने हो भने कसले भनेको मान्ने त ?’, बर्तौलाले भने, ‘यो विषयमा अडान लिँदै जाने हो भने माओवादीलाई क्षति हुन्छ । हाउसको सुव्यवस्था कायम गर्ने को हो त । नियमावली हामीले नै बनाएको हो । यसले संसदीय प्रणाली सुदृढ हुँदैन ।’
चाहेअनुसारको निर्णय आए ठीक नत्र बेठीक भन्ने भाष्य सिर्जना गर्न खोजियो भने हाउस मर्यादित नहुने उनले बताए ।
माओवादीले एमाले सांसद योगेश भट्टराईले संसदमा बोल्ने क्रममा हिंसाका कारण जलविद्युत आयोजनाहरूको काम अघि बढ्न नसकेको भनेपछि माओवादीले आपत्ति जनाएको थियो । उक्त शब्दले जनयुद्धकै अपमान गरेको ठहरसहित माओवादीले सदन निर्णय अवरुद्ध गर्ने निर्णय गरेको छ ।
सभामुख घिमिरेले संसदको नियमाली, कार्यव्यवस्था परामर्श समितिको बैठक र संसद सचिवालयको सुझावका आधारमा हिंसा शब्द असंसदीय नभएको जानकारी गराएका थिए ।
उपसभामुखको विषय ३/४ महिनाअघि नै सदनमा उठेको अहिले सत्ता पक्षले नउठाए पनि तर, रास्वपा र प्रतिपक्षीले एक्कासी सरकारलाई नै हिलो छ्याप्न ल्याएको उनको जिकिर छ ।
‘एकाएक रास्वपाकै सचेतकले नै फायर खोल्ने काम भयो । सरकारलाई नै हिलो छ्याप्ने भयो । माओवादीका प्रमुख सचेतक र सांसदहरूले बोलेपछि हामीले बोलेका हौं । यो विषय अहिले सत्तापक्षले उठाएको होइन’, बर्तौलाले भने ।
माओवादीले पनि सभामुखको कमजोरी भयो भन्ने निर्णय गरिसकेको भन्दै उनले भने, ‘कमजोरी भनेर निर्णय गर्ने अनि बोक्न मिल्छ ? अब हामी प्रश्न उठाउँछौं । रास्वपाले नै विषय नै उठाइसकेपछि यसको राफसाफ गर्नुपर्छ । हामी सत्ता पक्षको बीचमा यो विषयमा कुनै छलफल निर्णय भएको छैन । प्रतिपक्षी र रास्वपाले नै उठाएका हुन् ।’
जंगलबाट आएका । सत्ताबाट गलहत्याएपछि फेरि जंगल नै जाने ईच्छा भएकोले नियम कानून मान्न गार्हो भयो हजूर ।