माओवादी आफ्नो अडानबाट पछि नहटेपछि आजको प्रतिनिधिसभा बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । आज बस्ने तय भएको बैठक बस्दै नबसी स्थगित भएको हो ।
बैठक भोलि दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । माओवादी सांसदहरुले सदन अवरुद्ध गरेपछि सदन खुलाउनेबारे सहमति जुट्न नसकेपछि बैठक स्थगित गरिएको हो ।
प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले एमाले सांसद योगेश भट्टराईले सदनमा बोल्दा प्रयोग गरेको ‘हिंसा’ शब्द रेकर्डबाट नहटाएसम्म सदन चल्न नदिने अडान लिएकाे थियाे । दिउँसो सचेतक र सभामुखबीच सदन खुलाउने विषयमा भएको छलफलमा माओवादीले पार्टीमा छलफल गर्न १ घण्टा समय मागेको थियो ।
त्यसक्रममा भट्टराईले व्यक्त गरेको शब्द संसदको रेकर्डबाट हटाउन माओवादीले माग गरेको थियो । सभामुख देवराज घिमिरेले संसद सचिवालयलाई सो शब्द संसदीय मर्यादाभित्र पर्ने वा नगर्ने छानबिन गर्न निर्देशन दिएका थिए । सभामुख घिमिरेले संसदको नियमाली, कार्यव्यवस्था परामर्श समितिको बैठक र संसद सचिवालयको सुझावका आधारमा उक्त शब्द असंसदीय नभएको जानकारी गराएका थिए ।
हिंसा मात्र होईन ज्यानमारा युद्व थियो त्यो । मान्छे मारेर आतंकित गरेर त्यसको प्रभाव ठूलो देखाउन खोजेको हो । हिंस्रकलाई जेल पनि कोच्नुपर्छ । माओवादीका टाउकेलाई मस्ति गर्न मान्छेको ज्यान लिने ?